• २०८१ बैशाख २४ सोमबार

फिदिम बजारको आगलागी नियन्त्रणमा  

kharibot

फिदिम । पाँचथर सदरमुकाम फिदिम बजारको मेन लाइनको होटलबाट सुरु भएको आगो नियन्त्रणमा आएको छ ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र र स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा आएको हो । 

फिदिम बजारको मेन लाइनमा रहेको पाथिभरा मिष्ठान्न भण्डारबाट आगलागी सुरु भएको हो । मिष्ठान्न भण्डारबाट सल्किएको आगोले सीता होटल र पाँचथर गेष्ठहाउस समेत जलेका छन् । 

पाँचथर गेष्ठहाउससँगै रहेको एउटा कपडा पसलमा समेत आगलागीबाट पूर्ण क्षति पुगेको छ । 

एनएबी बैंकको फिदिम शाखा रहेको घरको झ्यालमा समेत आगोले क्षति पुर्‍याएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै