पाकिस्तानका पूर्वराष्ट्रपति जरदारी पक्राउ 

खरीबोट

काठमाडौँ । पाकिस्तानका पूर्वराष्ट्रपति एवं पिपल्स पार्टीका सहप्रमुख आसिफ अली जरदारी पक्राउ परेका छन् । 

पाकिस्तानको इस्लामावादस्थित हाइ कोर्टले मनि लाउन्डरीङ केसमा जमानत याचिका खारेज गर्दै जरदारीलाई फिरफ्तार गर्ने आदेश दिएको पाकिस्तानी मिडियाले उल्लेख गरेका छन् ।

जरदारीकी बहिनीले दिएको अग्रिम जमानतको निवेदनलाई अदालतले खारेज गरेको हो ।

जरदारी र उनकी बहिनी मनि लाउन्डरीङ केसमा मुख्य आरोपी रहेका छन् । उनीहरुलाई अवैध बैंक एकाउन्ट बनाएको र देश बाहिर पैसा पठाएको आरोप लगाइएको छ ।

उनलाई अवैध बैंक एकाउन्टबाट ४ अर्ड ४० करोड पाकिस्तानी रुपैया विदेश लागेको आरोप लागेको छ । उनको गिरफ्तारी पछि जरदारीका छोरा बिलावल भुट्टोले पार्टीका कार्यकर्तालाई शान्त रहन आग्रह गरेका छन् ।                          
 

सम्बन्धित समाचार

भारतले पाकिस्तानसँग खोसेको कश्मीरको एक अनुपम गाउँ 

भारत । तुरतुकसम्म पुग्नु त्यति सहज छैन । यो सानो गाउँ उत्तर भारतको लद्दाख क्षेत्रको नुब्रा घाटीमा सबैभन्दा टाढा छ ।  यसको एकापट्टि श्योक नदी बग्छ भने अर्कोपट्टि कराकोरम पर्वत शृंखलाका अग्ला

काश्मिरबारे भारत र पाकिस्तानी प्रधानमन्त्रीसँग ट्रम्पको फोनवार्ता

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले काश्मिर विवादबारे भारत र पाकिस्तानका प्रधानमन्त्रीसँग छुट्टा छुट्टै कुराकानी गरेका छन् ।   राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्वीटर मार्फत् फोनमा दुवै देशका प्रधानमन्त्रीसँग आफूले कुरा

काश्मिर विवादबीच पाकिस्तानद्वारा सैन्य प्रमुखको कार्यकाल थप

इस्लामावाद । भारतीय संविधानमा काश्मिरबारे विशेष व्यवस्था भएको धारा ३७० लाई खारेज गरेपछि भारत–पाकिस्तानबीच राजनीतिक विवाद चलिरहेका समय पाकिस्तानी सैन्य प्रमुखको कार्यकाल आगामी तीन बर्षका लागि थप गरिएको पाकिस्तानी अधिकारीले

कश्मीरबारे टिप्पणी गर्ने अकाउन्ट बन्द गरेकोमा फेसबुक र ट्वीटरलाई पाकिस्तानको प्रश्न 

पाकिस्तान । गत आइतवार सामाजिक सञ्जालमा कश्मीरको विषयलाई लिएर पोस्ट गर्ने अकाउन्ट स्थगित गरेकोमा पाकिस्तानी अधिकारीहरुले ट्वीटर र फेसबुकसँग सम्पर्क गरेका छन् ।  भारतीय अधिकारीहरुले नयाँ दिल्लीमा गत सोमवार सुरक्षा एजेन्सीहरुको


z