काठमाडौँ । पाकिस्तानका पूर्वराष्ट्रपति एवं पिपल्स पार्टीका सहप्रमुख आसिफ अली जरदारी पक्राउ परेका छन् ।
पाकिस्तानको इस्लामावादस्थित हाइ कोर्टले मनि लाउन्डरीङ केसमा जमानत याचिका खारेज गर्दै जरदारीलाई फिरफ्तार गर्ने आदेश दिएको पाकिस्तानी मिडियाले उल्लेख गरेका छन् ।
जरदारीकी बहिनीले दिएको अग्रिम जमानतको निवेदनलाई अदालतले खारेज गरेको हो ।
जरदारी र उनकी बहिनी मनि लाउन्डरीङ केसमा मुख्य आरोपी रहेका छन् । उनीहरुलाई अवैध बैंक एकाउन्ट बनाएको र देश बाहिर पैसा पठाएको आरोप लगाइएको छ ।
उनलाई अवैध बैंक एकाउन्टबाट ४ अर्ड ४० करोड पाकिस्तानी रुपैया विदेश लागेको आरोप लागेको छ । उनको गिरफ्तारी पछि जरदारीका छोरा बिलावल भुट्टोले पार्टीका कार्यकर्तालाई शान्त रहन आग्रह गरेका छन् ।