• २०८१ बैशाख १५ शनिबार

विधेयकको विरोधमा पत्रकार महासंघद्वारा तेस्रो चरणको आन्दोलनको घोषणा 

kharibot

काठमाडौँ । नेपाल पत्रकार महासंघको जेठ २७ गते उपलब्ध केन्द्रीय समितिको बैठकले सरकारले संसद्मा दर्ता गराएको मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग राख्दै तेस्रो चरणको आन्दोलनको घोषणा गरेको छ  ।

यस अघि बैशाख २९ देखि जेठ २५ गतेसम्म दुई चरणमा गरिएको आन्दोलन पूर्णंरुपमा सफल भएको निष्कर्ष निकाल्दै महासंघले तेस्रो चरणको आन्दोलनको घोषणा गरेको हो ।

महासंघले मिडिया काउन्सिल विधेयकमा भएका प्रेस स्वतन्त्रता कुण्ठित गर्ने प्रावधानहरु अविलम्ब फिर्ता लिन सरकारसंग पुनःजोडदार माग गरेको छ ।

नेपाली प्रेस जगतका जायज मागहरु अघि सारेर आन्दोलित नेपाल पत्रकार महासंघ र समग्र सञ्चार क्षेत्रप्रति सरकारले उपेक्षा गरेकोमा बैठकले दुःख प्रकट गरेको छ ।

विशुद्ध पेशागत स्वतन्त्रताको माग राखेर गरिएको आन्दोलनलाई सरकारले राजनीतिक रङ दिनु र विदेशी दातृ संस्थासंग जोडेर लाञ्छित गर्नु आपत्तिजनक रहेको भन्दै महासंघले विगत ६ दशकदेखि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि संघर्षरत् महासंघ कुनै पनि पक्षको अभिष्ट पूरा गर्ने आन्दोलनको पक्षमा नभएको र संविधानले सुनिस्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा दृढ रहेको स्पष्ट पारेको छ । 

मिडिया काउन्सिल विधेयकमा राखिएका प्रावधानले सञ्चार क्षेत्रको नियमन गर्ने नभई नियन्त्रण गर्ने प्रष्ट भएको भन्दै मिडिया काउन्सिल विधेयक नेपालको संविधानले ग्यारेन्टी गरेको प्रेस स्वतन्त्रता र यसको विश्वव्यापी मान्यताविपरित हुनेगरी ल्याइएकोले फिर्ता लिई सरोकारवालाहरुस“ग छलफल गरी समस्याको समाधान गर्नुको विकल्प नरहेको महासंघको ठहर रहेको बताएको छ । साथै प्रेस स्वतन्त्रता विरोधी मिडिया काउन्सिल विधेयक फिर्ता नभएसम्म थप शसक्त आन्दोलन जारी राख्ने निर्णय महासंघले जनाएको छ ।

महासंघले तेश्रो चरणको देहायबमोजिमका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ :–
 

क) असार ३ गते प्रेस स्वतन्त्रताको पक्षमा देशब्यापी हस्ताक्षर संकलन अभियान ।
ख) असार ६ गते संकलित हस्ताक्षर जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई बुझाउने । 
ग) असार १० गते मिडिया काउन्सिल विधयक विरुद्ध कार्टुन प्रर्दशनी ।
घ) असार १५ गते सबै जिल्ला शाखाहरुले आफ्नो क्षेत्रबाट निर्वाचित संघीय र प्रदेश सांसदहरुलाई क्ःक् मार्फत् सन्देश पठाएर ध्यानाकर्षण गर्ने ।
ङ) असार २० गते बृहत् ‘प्रेस स्वतन्त्रतासभा’को आयोजना गर्ने । 
च) असार २५ गते मध्यान्ह १२ : ०० बजे लालटिन जुलुस । 
छ) असार ३० गते देशव्यापी सिटी जुलुस र सभा ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय