बेलायतबाट फ्रान्स जाँदै प्रधानमन्त्री ओली

खरीबोट

काठमाडौँ । संयुक्त अधिराज्यको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली बेलायतका विभिन्न कार्यक्रममा सहभागी भएर आज दिउँसो मित्र राष्ट्र फ्रान्सको औपचारिक भ्रमणमा जाँदै छन् ।

प्रधानमन्त्री ओली फ्रान्सका प्रधानमन्त्रीको मैत्रीपूर्ण निमन्त्रणामा आज दिउँसो लण्डनबाट रेल चढेर फ्रान्सको राजधानी पेरिस पुग्ने कार्यक्रम रहेको बताइएको छ ।

यसैबीच प्रधानमन्त्री ओलीसँग संयुक्त अधिराज्यका एशिया प्रशान्त मामिला हेर्ने राज्यमन्त्री मार्ट फिल्डले लण्डनस्थित नेपाली दूतावासमा आजै शिष्टाचार भेटवार्ता गर्नेछन् ।

यसैगरी प्रधानमन्त्री ओलीसँग बेलायतको इन्टरनेशनल मेरिटाइम अर्गनाइजेशनका महासचिव, विश्व ऊर्जा परिषद्का वरिष्ठ अधिकारी, एडिनबर्ग रोयल बोटानिकल गार्डेन र वनस्पति विभागका प्रमुखले आजै दिउँसो शिष्टाचार भेट गर्दै छन् ।

प्रधानमन्त्री ओली आजै आफ्नो स्वागतमा संयुक्त अधिराज्यका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले दूतावासमा आयोजना गर्ने समारोहमा पनि सहभागी हुने कार्यक्रम छ ।

सम्बन्धित समाचार

नेपालले अब द्रुत गतिमा आर्थिक विकास गर्दछ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले अब द्रुतगतिमा आर्थिक विकास गर्ने बताएका छन् । एशिया प्रशान्त क्षेत्रको नागरिक हवाइ नियामक क्षेत्रका महानिर्देशकहरुको ५६ औं सम्मेलनको आज उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले

निर्वाचन पछि मलाई पनि बस्ने मन छैन, धैर्य गरौँ– प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आउदो निर्वाचन पछि आफु नेतृत्वमा नहुने बताएका छन् । प्रतिनिधि सभाको आजको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आउदो निर्वाचन पछि आफुलाई बस्न मन नभएको प्रष्ट

प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसदमा सम्बोधन गर्दैछन् । बिहान ११ बजे बस्ने संसद बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले समसामयीक विषयमा सम्बोधन गर्ने भएका छन्

प्रधानमन्त्री ओलीको स्वास्थ्य ठिक, भेटघाट शुरु

काठमाडौँ । प्रधनमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बारे अनेकौ टिप्पणी भैरहेका बेला प्रधानमन्त्रीले नियमित भेटघाट गरेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार प्रधानमन्त्री ओलीले शुक्रबार बिहान झापा क्षेत्र


z