हावाहुरीबाट कञ्चनपुरमा १० बिघामा लगाइएको केरा खेती नष्ट

खरीबोट

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ का किसानले लगाएको केरा खेतीमा हावाहुरीले व्यापक क्षति पु¥याएको छ । गत बिहीबार राति आएको हावाहुरीले घरी लाग्नै थालेको र लागेको केराका बोटहरु ढालेपछि किसानले निकै क्षति व्यहोरेका हुन् ।

कालागौंडी, तिलकी र दमलपट्टिका १५ जनाभन्दा बढी किसानले १० बिघा जग्गामा लगाइएको केरामा  हावाहुरीले ९० प्रतिशत क्षति गरेको किसान मङ्गल चौधरीले बताए । उनका अनुसार हावाहुरीले ४२ हजार ५०० केराका बोट ढालेको छ । जसबाट रु एक करोड ४८ लाख ७५ हजार रकम बराबरको केरा खेतीमा किसानलाई घाटा लागेको छ ।

केराको बोट खरीद, लगाउने खर्च, मल, सिँचाइ गोडमेल गरी प्रतिबोट केरा रु ३५० लागत खर्च लाग्ने गरेको छ स्थानीय किसान रामआश्रय रानाले भने, “दश कट्ठामा लगाएको पूरै केरा हावाहुरीका कारण ढलेपछि नोक्सानी भएको छ ।”

जी नौ जातको केरा रोपेका यहाँका किसानले हावाहुरीले व्यापक क्षति पु¥याउँदासमेत निरीक्षणका लागि हालसम्म सरकारी निकाय र जनप्रतिनिधि नपुगेको स्थानीय किसानले गुनासो गरेका छन । धेरै जनाले गाउँको समूह, सहकारी संस्था र बैंकबाट कर्जा लिएर केरा खेती गरेका छन् । केरा खेती पूरै बर्बाद भएपछि समूहबाट केरा खेतीका लागि लिएको रु २० हजार ऋण कसरी तिर्ने भन्ने चिन्ता थपिएको भङ्गी रानाले बताए ।

“प्राकृतिक प्रकोपका कारण निकै क्षति व्यहोरेका छौँ”, उनले भने, “किसानलाई केरा खेतीबाट पलायन हुन नदिनका लागि नगरपालिका, प्रदेश र केन्द्र सरकारले क्षतिपूर्तिको व्यवस्था गरिदिनु पर्दछ ।” आउँदो वर्षदेखि केरा खेतीमा बीमा गर्ने वातावरण बनाई दिनसमेत उनले माग गरेका छन् ।

सम्बन्धित समाचार

हावाहुरीबाट कञ्चनपुरमा १० बिघामा लगाइएको केरा खेती नष्ट

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ का किसानले लगाएको केरा खेतीमा हावाहुरीले व्यापक क्षति पु¥याएको छ । गत बिहीबार राति आएको हावाहुरीले घरी लाग्नै थालेको र लागेको केराका बोटहरु ढालेपछि किसानले

हावाहुरीले कञ्चनपुरका ८ सय ७० घरमा क्षति

भीमदत्तनगर । तीन दिनअघि कञ्चनपुर र कैलालीमा आएको भीषण हावाहुरीबाट भएको क्षतिको प्रारम्भिक विवरण सङ्कलन भएको छ । कञ्चनपुरमा मात्र हावाहुरीका कारण ८७० घरधुरीमा क्षति पुगेको प्रारम्भिक तथ्याङ्क आएको जिल्ला

हावाहुरीले कञ्चनपुरमा घर भत्किएपछि...

बिहीबार साँझ आएको हावाहुरीले  कञ्चनपुरको भीमदत्तनगरपालिका–१८ सालघारीस्थित क्षति पुगेको आफ्नो टहरामा  स्थानीय महिला ।  तस्वीरः शेरबहादुर सिंह, कञ्चनपुर  

कैलाली र कञ्चनपुरमा हावाहुरी : तेह्र जना घाइते, विद्युत् आपूर्ति बन्द

धनगढी । कैलाली र कञ्चनपुरका विभिन्न ठाउँमा आज साँझ आएको हावाहुरीले धनमालको क्षति गरेको छ । हुरीबतासका कारण धनगढी उप–महानगरपालिका क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ ।  झण्डै एक घण्टासम्म चलेको हावाहुरीका


z