गायक संजीव पराजुली र टिका प्रसाईको आवाजमा 'जानी जानी एउटा गल्ती' बोलको गीत सार्वजनिक भएको छ ।
गीतमा बरिष्ठ गीतकार दिनेश अधिकारीको शब्दमा संगीतकार रंजीत गजमेरको संगीत एंव संगीत-संयोजन रहेको छ ।
गीतको निर्देशन शान थापाले गरेका छन् भने अर्जुन तिवारी र उनको टीमले छाँयाकन गरेका छन् । दृश्य सम्पादन सुप्रिम पराजुलीको छ । गीतमा प्रदिप बास्तोला र एलिशा शर्माको दमदार अभिनय हेर्न सकिन्छ ।