• २०८१ बैशाख १५ शनिबार

नेप्से १२ सय ६९ अंकमा, सातामा दुई अर्ब पाँच करोडको खरिद बिक्री

kharibot

काठमाडौं । यो साता एक सय ७३ कम्पनीहरुको २९ हजार तीन सय ८१ वटा कारोवार भएकाछन । जसअनुसार ६८ लाख ७६ हजार पाँच सय ६३ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम दुई अर्ब पाँच करोड तीन लाख ७८ हजार आठ सय ४३ रुपैयाँ पुगेको छ । कारोवार रकम गत साताको तुलनामा कम हो । 

गत साता भने नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा एक सय ७१ कम्पनीहरुको ३६ हजार दुई सय ७० वटा कारोवार भएका थिए । जसअनुसार ८३ लाख ६६ हजार दुई सय ५५ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम दुई अर्ब ७५ करोड ६२ लाख ९८ हजार एक सय ५२ रुपैयाँ पुगेको थियो । यो साता बजार परिसुचक १२ सय ६९ दसमलव ५५ बिन्दुमा पुगेर रोकिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई सय ७१ दसमलव ८१ अंकमा पुगेर रोकिएको छ । 

यो साता नेप्सेको नियिमत कारोवार कक्ष चार दिन मात्र खुल्ला रहेको थियो । जसमध्ये पहिलो दिन सार्वजनिक बिदा परेकाकारण नेप्सेको नियमित कारोवार कक्ष बन्द रहेको थियो । यस बाहेक दोस्रो, चौथो र पाँचौ दिन नेप्से घटेको थियो भने तेस्रो दिन नेप्से सामान्य अंकले बढेको थियो ।

दोस्रो दिन बजार परिसुचक आठ दसमलव ७८ अंकले घटेर १२ सय ७५ दसमलव ८२ अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दसमलव ४३ अंकले घटेर दुई सय ७२ दसमलव ४६ अंकमा झरेको थियो । तेस्रो दिन भने बजार परिसुचक शुन्य दसमलव १७ अंकले उकालो लागेर १२ सय ८९ दसमलव २८ अंकमा चढेको थियो भने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव चार अंकले उकालो लागेर दुई सय ७२ दसमलव ८६ अंकमा चढेको थियो ।

साताको चौथो दिन सेयर बजार परिसुचक तीन दसमलव पाँच अंकले घटेर १२ सय ७२ दसमलव ४८ अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव पाँच अंकले घटेर दुई सय ७२ दसमलव ३५ अंकमा पुगेको थियो । साताको पाँचौ दिन पनि सेयर बजार परिसुचक दुई दसमलव ९२ अंकले घटेर १२ सय ६९ दसमलव ५५ अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव ५४ अंकले घटेर दुई सय ७१ दसमलव ८१ अंकमा पुगेको थियो । 

यो साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा सगरमाथा इन्स्योरेन्स कम्पनी, एनआईसी एशिया बैंक, प्रभु बैंक आदि परेकाछन भने सेयर कारोवार भएको संख्यामा शिवम सिमेन्ट, नेपाल बैंक आदि परेकाछन । बजार पुंजीकरणका आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, स्टान्र्डड चार्टड बैक लगायतका कम्पनीहरु अगाडि परेकाछन ।

सेयर सुचीकरणतर्फ भने यो साता स्वाभिमान लघुबित्त बित्तीय संस्थाको छ लाख १८ हजार छ सय १० कित्ता साधारण सेयर सुचीकृत भएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै