• २०८१ बैशाख १६ आइतबार

प्रभु बैंकको नयाँ शाखा कैलालीको टिकापुरमा 

kharibot

काठमाडौँ । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गरी सेवाग्राहीहरुलाई सरल र सहज रुपमा अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ कैलाली जिल्ला टिकापुर न.पा. वडा नं.१ स्थित टिकापुरमा शाखा कार्यालय खोली कारोवार संचालनमा ल्याएको छ ।

उक्त शाखाको टिकापुर नगरपालिकाका नगर प्रमुख टपेन्द्र बहादुर रावलले उद्घाटन गरेका छन् । 

शाखा कार्यालय उद्घाटन कार्यक्रममा कैलाली जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संघ कैलालीका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो । 

कार्यक्रमका प्रमुख अतिथी नगर प्रमुख टपेन्द्र बहादुर रावलले उद्घाटन मन्तव्य राख्ने क्रममा प्रभु बैंकले देशका विभिनन ठाउँमा पुगेर बैंकिङ्ग सेवा विस्तार गरेकोमा खुशी प्रकट गर्दै यस टिकापुर शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर मिल्ने भएको बताए ।

टिकापुर शाखा समेत गरी बैंकले हालसम्म १८४ वटा शाखा, १४६ वटा ब्त्ः र २३ वटा एक्सटेन्सन काउण्टरबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

आजदेखि सञ्चालनमा आएको बैंकको टिकापुर शाखा कार्यालयबाट यहाँका स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र यस क्षेत्रको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै