• २०८१ बैशाख १५ शनिबार

महिला सहकर्मीलाई थप्पड हानेको आरोपमा सांसद पक्राउ

kharibot

केन्या । केन्यामा आफ्नो निर्वाचनक्षेत्रमा बजेट नदिएको भन्दै रशिद कास्सिम नाम गरेका एक सांसदले फातुमा गेडी नाम गरेकी सांसदलाई आक्रमण गरेको बताइएको छ । 

गेडी संसद्को बजेट समितिमा सदस्य पनि भएको समाचारमा उल्लेख छ । आक्रमणपछिको एक फोटोमा गेडी रुँदै गरेको र उनको मुखमा रगत निस्केको देखिन्छ । उक्त फोटो सामाजिक सञ्जालमा व्यापक भएपछि यस समाचारले बढी चर्चा पाएको छ ।  

पूर्वी केन्याबाट सांसदमा निर्वाचित कास्सिमले आफ्नो निर्वाचन क्षेत्रमा किन रकम विनियोजन नगरेको भन्दै गेडीसँग संसद भवनस्थित गाडी रोक्ने स्थानमा झगडा गरेको समाचारमा जनाइएको छ । 

त्यसपछि पुरुष सांसदहरुले 'थप्पड दिवस’ हो  भनि महिला सहकर्मीहरूलाई होच्याएको समाचारमा जनाइएको छ । कास्सिमलाई पक्राउ गर्नुपर्ने मागसहित महिला सांसदहरू संसदबाट बाहिरिएपछि आरोप लागेका सांसद पक्राउ परेका  जनाइएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै