• २०८१ बैशाख १८ मंगलबार

केन्यामा २८ लाख मानिसलाई खाद्य सहयोगका आवश्यकता

kharibot

नैरोबी । निरन्तर सुक्खाका कारण केन्याका सुक्खा र अर्धसुक्खा क्षेत्रका करिब २८ लाख मानिसलाई खाद्य सहायताको आवश्यकता रहेको केन्याको राष्ट्रिय खडेरी व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले बिहिबार जारी गरेको एक प्रतिवेदनमा जनाइएको छ ।

एनडीएमएले सुक्खा प्रभावित मानिस विभिन्न २३ वटा काउन्टीमा रहेको उल्लेख गरेको छ । तीमध्ये १८ काउन्टी सामान्य खडेरीको चरणमा तथा बाँकी पाँच काउन्टी उच्च सतर्कता अपनाउनु पर्ने चरणमा रहेको र निगरानी आवश्यक रहेको जनाएको छ । प्रतिवेदनले ५२ प्रतिशत काउन्टीको पोषण अवस्था औसतभन्दा बढी तथा ११ वटाको बिग्रिँदै गएको जनाएको छ ।

“यसअघिको असफल मौसमका कारण कमजोर पोषण स्थिति देखिएको हो” एनडीएमएले भनेको छ । प्रतिवेदनले तापक्रममा भएको वृद्धिका कारण अधिकांश सुक्खा क्षेत्रमा वनस्पति फस्टाउन नसकेको पाइएको उल्लेख गरेको छ । एनडीएमएले अक्टोबरदेखि डिसेम्बरसम्म हुने वर्षाको मौसममा सुक्खा क्षेत्रको कठिन अवस्थामा सुधार आउने अपेक्षा गरेको छ ।  

केन्या र अफ्रिकामा अक्टोबरको मध्यदेखि वर्षा सुरु भएसँगै बाढीले प्रभाव नपर्ने क्षेत्रमा सकारात्मक प्रभाव पार्ने अनुमान गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै