• २०८१ बैशाख १४ शुक्रबार

फिफा वरियतामा नेपाल चार स्थान तल

kharibot

काठमाडौं । विश्व फुटबल महासंघ (फिफा) को फुटबल विश्व बरियतामा नेपाल चार स्थान तल झर्दै १६५औं स्थानमा पुगेको छ ।

फिफाले आज सार्वजनिक गरेको विश्व वरियतामा नेपाल चार स्थान तल झरेको हो । यसअघि नेपाल १६१औं स्थानमा थियो ।

नेपालले यही जुन महिनामा मलेसियासँग २-० गोलको हार ब्यहोरेको थियो भने अर्को मैत्रीपूर्ण खेलमा चाइनिज ताइपेसँग १-१ गोलको बराबरी खेलेको थियो ।

त्यस्तै दक्षिण एशियाली मुलुकमा भारत भने १०१औं स्थानमा यथावत छ भने माल्दिभ्स १५१औं स्थानमा छ । त्यस्तै, बंगलादेश ५ स्थानमाथि उक्लिएर १८३औं स्थानमा पुगेको छ भने भुटान १८६औं स्थानमा छ । त्यस्तै श्रीलंका २०१ र पाकिस्तान २०५औं स्थानमा रहेका छन्

वरियताको शीर्ष स्थानमा बेल्जियम यथावत छ भने । दोस्रो, तेस्रो र चौथो स्थानमा पनि फ्रान्स ब्राजिल र इंग्ल्यान्ड यथावत रहेका छन् । हालै युइएफ़ए नेसन्स कप जितेको पोर्चुगलले भने वरियतामा दुई स्थान सुधार गर्दै पाँचौ स्थानमा उक्लिएको छ ।

त्यस्तै क्रोसिया एक स्थान तल झर्दै छैठौ, स्पेनले दुई स्थान सुधार गर्दै सातौ, उरुग्वे दुई स्थान तल झर्दै आठौ, स्विटजरल्याण्ड एक स्थान तल झर्दै नवौ र डेनमार्क दशौ स्थानमै कायम छ ।

त्यस्तै जर्मनी र अर्जेन्टिना टप टेनमा पर्न सकेका छैन । जर्मनी दुई स्थानको सुधार गर्दै एघारौ स्थानमा छ भने अर्जेन्टिना १२औ स्थानमा यथावत रहेको छ ।
   
          
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै