डडेल्धुरा अस्पतालमा सुत्केरीको मृत्यु विवादबारे सहमति जुट्यो

खरीबोट

डडेल्धुरा । सुत्केरीको मृत्यु भएपछि उत्पन्न विवाद समाधान भएको छ । शल्याक्रिया गरी शिशु जन्माएकी अमरगढी नगरपालिका–६ छचोडाकी २६ वर्षीया गीता ताम्राकारको शुक्रबार डडेल्धुरा अस्पतालमा मृत्यु भएपछि सदरमुकाममा तनाव उत्पन्न भएको थियो ।

मृतकका आफन्तसँग जिल्ला प्रशासन कार्यालयमा तीन बँुदे सहमति भएपछि प्रदर्शन रोकिएको छ । तीन बुंदे निर्णयमा सहमति जनाई घटनाबारे आवश्यक सहयोग गर्न प्रशासन कार्यालयले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्र पठाइएपछि प्रदर्शन रोकिएको हो ।

गृह मन्त्रालय, शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूरपश्चिम प्रदेश, आन्तरिक मामिला तथा कानून मन्त्रालय र सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशलाई बोधार्थ गरी पत्र पठाइपछि प्रदर्शन रोकिएको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बताए ।

प्रशासन कार्यालय र मृतकका आफन्तबीच घटनाको सत्यतथ्य पत्ता लगाइ क्षतिपूर्ति राहत उपलब्ध गराउने विषयमा सहमति भएको हो । सोको लागि छानबिन टोली पठाइ दिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयलाई अनुरोध गर्ने सहमति पत्रमा उल्लेख छ ।

सहमतिअनुसार नै मृतक ताम्राकारको शव परीक्षण जिल्ला बाहिरका चिकित्सकबाट गरी आज दाहसंस्कार गरिएको छ । चिकित्सकको लापरवाहीका कारण सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्तले प्रदर्शन गर्दै आएका थिए । चिकित्सकले भने आफूहरुले कुनै लापारवाही नगरेको बताएका छन् ।

मृतक ताम्राकारको १७ दिन अगाडि डडेल्धुरा अस्पतालमै शल्यक्रिया गरी बच्चा जन्मिएको थियो । प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले घटनाबारे छानबिन गरी दोषीमाथि कारवाही गर्ने सहमति भएको बताउनुभयो ।  
 

सम्बन्धित समाचार

अञ्चल अस्पतालमा स्तनपानकक्ष स्थापना

बागलुङ / धवलागिरि अञ्चल अस्पताल बागलुङले स्तनपानकक्ष स्थापना गरेको छ । आमा र शिशुको स्वास्थ्यलाई मध्यनजर गर्दै अस्पताल परिसरमै स्तनपानकक्ष सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ । सार्वजनिकस्थलमा आफ्ना शिशुलाई स्तनपान गराउन

एनआईसी एशिया बैंक र ग्राण्डी अस्पतालबीच सम्झौता

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासी, काठमाडौंबीच बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा सम्पूर्ण ग्राहकवर्गलाई ग्राण्डी अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा ७.५%

 अस्पतालको सेवा पुनः सञ्चालन गर्न माग गर्दै स्थानीय आन्दोलित

डडेल्धुरा । चार दिनदेखि बन्द रहेको डडेल्धुरा अस्पतालको सेवा पुनःसञ्चालन गर्नुपर्ने माग गर्दै डडेल्धुरा सदरमुकामका स्थानीयवासीले आइतबार जुलुस प्रर्दशन गरेका छन् ।  विगत चार दिनदेखि अस्पतालको ओपीडी सेवा बन्द हुनुका साथै

अध्यक्ष विहीन क्यान्सर अस्पताल

चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा गत असोज ३ गतेबाट रिक्त रहेको अध्यक्ष पदमा अझै नियुक्ति हुनसकेको छैन । अध्यक्ष अभावका कारण एशियाकै नमूना अस्पतालको रुपमा विकास गर्न लागिएको


z