• २०८१ बैशाख १६ आइतबार

नेप्सेमा नेप्सेमा सामान्य वृद्धि, तीन समूहले गुमाउँदा आठले कमाए 

kharibot

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्सेमा सामान्य अंकले वृद्धि देखिएको छ । नेप्से आज दुुई दशमलव ६३ अंकले बढेर १२ सय ६० दशमलव ९० विन्दुुमा चढ्दा सेन्सिटिभ पनि शून्य दशमलव २९ अंकले बढेर दुुई सय ७० दशमलव २६ विन्दुुमा चढेको छ ।

एक सय ७३ कम्पनीहरुको छ हजार एक सय ५६ वटा कारोबारमा १३ लाख ७३ हजार एक सय २० कित्ता सेयर खरिद विक्री भएका छन् । उक्त परिमाणमा सेयर खरिद विक्री हुँदा कारोबार रकम ४० करोड ३५ लाख ३८ हजार एक सय ४७ रुपैयाँको कारोबार भएको छ ।  

नेप्सेमा आज ११ वटा समूहको कारोबार भएकोमा आठवटा समूहको सूचक बढेको छ भने तीनवटाको घटेको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक एक दशमलव १७ अंकले बढेर ११ सय २९ दशमलव ६४ विन्दुुमा चढ्दा जलविद्युुत् समूहको सूचक पनि आठ दशमलव ८९ अंकले बढेर ११ सय ९८ दशमलव ८७ विन्दुुमा चढेको छ ।

निर्जिवन बीमा समूहको सूचक पनि ३७ दशमलव २७ अंकले बढेर पाँच हजार तीन सय पाँच दशमलव ४३ विन्दुुमा चढेको छ । यसबाहेक उत्पादनमूलक, होटल, फाइनान्स, अन्य र सामूहिक लगानी कोष समूहको सूचक पनि बढेका छन् । विकास बैंक समूहको सूचक भने दुुई दशमलव ७६ अंकले घटेर १५ सय ८५ दशमलव छ विन्दुुमा झरेको छ । जीवन बीमा र लघुुवित्त समूहको सूचक पनि आज घटेका छन् । 

आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको अरुण भ्याली हाइड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य छ रुपैयाँ ७३ पैसाले बढेर एक सय ११ रुपैयाँमा कारोबार भएको छ भने बढी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य चार रुपैयाँ आठ पैसाले घटेर ११ सय ९० रुपैयाँमा कारोबार भएको छ ।

यसैगरी बढी रकम कारोबारका आधारमा पहिलो स्थानमा परेको नेपाल बैंकको प्रतिकित्ता तीन सय २४ रुपैयाँ अन्तिम मूल्यमा तीन करोड २९ लाख तीन हजार तीन सय २० रुपैयाँको कारोबार भएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै