बझाङ । बझाङमा जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ८ पुगेको छ ।
जिल्ला सदरमुकाम चैनपुर नजिकैको डुङ्रीबाट मष्टा गाँउपालिका जाँदै गरेको स १ ज १०७२ नम्बरको जीप डौठी भन्ने ठाँउमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको प्रहरीले जनाएको छ । तर उनीहरुको सनाखत भने हुन सकेको छैन् ।
जीप कठिन ठाँउमा खसेकोले उद्दारमा कठिनाई भइरहेको वडा प्रहरी कार्यालयका प्रहरी नायब नीरिक्षक महानन्द जोशीले जानकारी दिए । जीप दुर्घटनाको कारण खुल्न सकेको छैन्। दुर्घटनाग्रस्त जीप भिरमा अड्किएको छ ।
बझाङका प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, प्रहरी नायब उपरीक्षक सूर्य बहादुर केसी सहितको घटना स्थलतर्फ गएको छ ।