• २०८१ बैशाख २७ बिहीबार

भारतीय मालवाहक ट्रकमा चेकजाँच नगर्ने आदेश बारे गृहको स्पष्टिकरण 

kharibot

काठमाडौं । गृह मन्त्रालयले उद्योगमैत्री वातावरण सिर्जना गर्नका लागि मालवाहक भारतीय गाडीलाई निर्वाध आवागमन गर्न दिन पत्राचार गरिएको गृह मन्त्रालयको दाबी गरेको छ । 

भारतबाट आयात गरी नेपाली उत्पादनमूलक उधोगहरुमा प्रयोग गरिने विभिन्न कच्चा पदार्थहरु ढुवानी गर्ने मालवाहक गाडीहरु नेपाल प्रवेश गर्ने क्रममा प्रवेश नाकादेखि उधोगस्थलसम्म ल्याउदा ट्राफिकले चेकजाँचको नाममा दुःख दिएको हुदाँ भारतीय मालवाहक ट्रकमा चेकजाँच नगर्न आदेश दिएको मन्त्रालयको भनाई छ । 

मन्त्रालयका सहसचिव रामकृष्ण सूवेदीले सोमबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘ट्राफिकबाट ओभरलोडको नाममा ट्रक र टे«लरहरु समाती दुःख दिने , जरिवाना तिराउने ,  २÷३ दिन सम्म होल्ड राख्ने गरेको कारण उधोगले ढुवानीका साधनहरुलाई अप्रत्यक्ष हर्जाना तिर्नु परिरहेको , कच्चा पदार्थको रुपमा आउने फलामे रड, विलेट, वायर लगायतका वस्तुहरु अधिक भारवाहन क्षमता भएका ट्रकहरु मार्फत सम्बन्धित भन्सार नाकाबाट उधोगको परिसर सम्म ल्याउने क्रममा निर्वाध ढुवानी प्रक्रियामा अवारोध भई उधोग सञ्चालनमा समेत प्रत्यक्ष असर परेको भनी सम्बद्ध व्यक्ति- संस्था- नागरिक  समाज-व्यवसाय, उधोगहरुका तर्फबाट पटक–पटक लिखित÷मौखिक निवेदन÷गुनासाहरु मन्त्रालयमा प्राप्त भएको छ । ’

विज्ञप्तिमा अघि भनिएको छ , ‘सो गुनासाहरु मन्त्रालयमा प्राप्त भएको हुँदा भारतबाट आयात गरिने औधोगिक कच्चा पर्दाथहरु बोकेका भारवहन गाडीहरु नेपाल प्रवेश गर्दा कच्चा पदार्थ ढुवानीका साधनहरुको भारवहन क्षमता सडकको क्षमता भन्दा बढी भएको अवस्थामा सो को अनुगमन नियमन सडक तथा यातायात सम्बद्ध नियमन निकायहरुबाट गर्नु कानून सम्मत हुने भएकोले नियमन गर्ने निकायबाट शान्ति सुरक्षा लगायत अन्य विषयमा अनुरोध भई आएमा आवश्यकता अनुसार समन्वय र सहयोग गर्ने तर ढुवानीका साधनहरु सडकमा गुड्दा नियामक निकायको समन्वय र अनुरोध विना क्षेत्राधिकार विपरित रोक्ने दुः ख हैरानी दिने कार्य कहि कतैबाट नगर्न नगराउनुहुन भनी भारतसँग सीमा जोडिएका जिल्लाका जिल्ला प्रशासन कार्यालयहरुमा पत्राचार गरिएको छ ।’

प्रवेश नाकामा कुनैपनि मालवाहक ढुवानीका साधनलाई सम्बन्धित प्रवेश विन्दुमै राजस्व, भन्सार क्वारेन्टाइन सीमा प्रहरी-सीमा सशस्त्र प्रहरी समेतका निकायबाट कानून बमोजिम चेकजाँच हुने गरेको व्यहोरा सबैमा विदितै छ । प्रस्तुत परिपत्र नेपाल प्रवेश पछि सडकमा गुड्ने क्रममा हुने गरेको दुःख हैरानीका सम्बन्धमा आएका गुुनासाहरुलाई सम्बोधन गर्ने प्रयोजनका लागि मात्र भएको हो । कुनै व्यवसायप्रति आग्रह पूर्वाग्रह राखी कसैप्रति लक्षित भई परिपत्र नगरिएको र सबै प्रकारका मालवाहक ढुवानीका साधनहरुबाट औधोगिक कच्चा पदार्थ उधोग परिसरसम्म निर्वाध रुपमा आवागतम गरी उधोगमैत्री वातावरण तयार गर्न स्थानीय प्रशासनलाई मन्त्रालयबाट पत्राचार भएको व्यहोरा सम्बन्धित सबैमा जानकारी हुन तथा कुनै मालवाहक सवारी साधनमा गैरकानूनी ओसार पसार भएको आशंका लागेमा प्रहरी- सशस्त्र लगायत अन्य सम्बद्ध निकायहरुले जुनसुकै समय र जुनसुकै स्थानमा चेकजाँच गर्न सक्ने स्पष्ट पार्दै कहि कुनै भ्रममा नपर्नु हुन अनुरोध छ, विज्ञप्तिमा भनिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै