• २०८१ बैशाख १४ शुक्रबार

काठमाडौँ काङ्ग्रेसको उपसभापतिमा माली

kharibot

काठमाडौँ / नेपाली काङ्ग्रेस काठमाडौँको उपसभापतिमा विजय माली भएका छन । काङ्ग्रेस काठमाडौँका सभापति कृष्ण सबुज बानियाँको अध्यक्षतामा आज बिहान बसेको बैठकले मालीलाई उपसभापतिमा मनोनयन गरेको हो ।

कार्यसमितिको सचिवमा शङ्कर मल्ल ठकुरी र सहसचिवमा रोेमेल श्रेष्ठ भएको  काङ्ग्रेस काठमाडौँका सदस्य युपी लामिछानेले जानकारी दिए ।

काठमाडौँ काङ्ग्रेस यसअघि नै रिक्त सदस्य मनोनयन गरे पनि पदाधिकारी भने मनोनयन गर्न बाँकी रहेको थियो । उक्त पदमा मनोनयन भएसँगै काठमाडौँ काङ्ग्रेस जिल्ला कार्यसमितिले पूर्णता पाएको छ । नवनियुक्त पदाधिकारीलाई आजै काङ्ग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले बधाई तथा शुभकामना दिएका छन । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै