• २०८१ बैशाख १५ शनिबार

काँग्रेस विधिविधानमा चल्न सकेन : केन्द्रीय सदस्य जोशी

kharibot

काँग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशी

सुरुङ्गा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले पार्टी विधिविधानभित्र चल्न नसकेको बताएका छन्।

नेपाली काँग्रेस विर्तामोड नगरसमितिले आज विर्तामोडमा आयोजना गरेको कार्यक्रममा जोशीले नेपाली काँग्रेसभित्र अहिलेको लडाइँ पार्टी विधिविधान भित्र चलाउने कि नचलाउने भन्ने विषयमा नै केन्द्रीत रहेको बताए।

उनले काँग्रेसले प्रतिपक्षको भूमिका निर्वाह गर्न सक्यो कि सकेन भन्ने विषयमा केन्द्रीत रहेको धारणा राखे। “नेपाली काँग्रेस अब सच्चिन जरुरी छ”, उनले भने, “पार्टीलाई एक ढिक्का बनाएर अघि बढाउन अब महाधिवेशनतर्फ केन्द्रीत हुनुपर्छ।”

कार्यक्रममा पूर्व सांसद डिल्ली सिटौला, संविधानसभा सदस्य सुधीरकुमार सिवाकोटी, नेपाली काँग्रेस २ नम्बर क्षेत्रीय सभापति खगेन्द्र मैनाली, भोला पौडेल, लक्ष्मी आचार्य लगायतले बोलेका थिए।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै