• २०८१ बैशाख ८ शनिबार

पाकिस्तान क्रिकेटको १९९२ र २०१९ विश्वकपको आश्चर्य पार्ने संयोग !  

kharibot

काठमाडौँ । जारी विश्वकपमा पाकिस्तान टिम ६ खेलमा केबल दुई जित हासिल गरेर सेमिफाइनलमा पुग्न संघर्षरत रहेको छ ।

पाकिस्तानले विश्वकपको आफ्न ओसतौ खेल आज न्युजील्याण्डसँग खेलिरहेको छ ।

यसैबीच सन् १९९२ को विश्वकप च्याम्पियन पाकिस्तानको सन् १९९२ र सन् २०१९ विश्वकपका शुरुका ६ खेलका समानताले सबैलाई आश्चर्यमा पारेको छ ।

सन् १९९२ मा पनि पाकिस्तान टिमले पहिलो खेल हारेको थियो भने यस विश्वकपमा पनि पहिलो खेल हार्यो । त्यस्तै १९९२ मा दोस्रो खेलमा पाकिस्तान विजयी भयो भने यस विश्वकपमा पनि दोस्रो खेलमा जित हासिल गर्यो ।

त्यस्तै सन् १९९२ मा तेस्रो खेल वर्षाले रद्ध भएको थियो भने यस विश्वकपमा पनि पाकिस्तानको तेस्रो खेल बर्षाले रद्ध भएको थियो ।

त्यस्तै सन् १९९२ मा पाकिस्तान चौथो र पाँचौ खेलमा हार बेहोरेको थियो भने यस विश्वकपमा पनि चौथो र पाँचौ खेलमा हार बेहोरेको छ । त्यति मात्र होइन सन् १९९२ मा पाकिस्तानले छैठौ खेल जितेको थियो भने यस विश्वकपमा पाकिस्तानले आफ्नो छैठौ खेल जितेको छ ।

त्यस्तै पाकिस्तानले सन् १९९२ मा सातौ खेलमा जित हासिल गरेको थियो भने आज हुने न्युजील्याण्डविरुद्धको खेल जितेमा यो समानता झन् रहस्यमय बन्ने देखिन्छ ।   

यसरी ६ खेलसम्मको तुलना गर्दा सबै खेल १९९२ सम्म मिल्नुलाई अनौठो संयोगको रुपमा अहिले सामाजिक संजालमा चर्चा गर्न थालिएको छ ।

त्यसै गरी १९९२ र यस विश्वकपका पहिलो खेलमा पाकिस्तान वेस्टइन्डिजसँग पराजित भएको अनौठो संयोग पनि बनेको छ ।

यी संयोगहरु मिले पछि क्रिकेट विश्लेषकहरु र फ्यानहरुले अन्य समानता खोज्दै सामजिक संजालमा पोष्ट गर्न थालेका छन् । यस्तै केहि अन्य समानताहरुमा सन् १९९२ को पाकिस्तानी टिममा इन्जमाम उल हक थिए भने अहिलेको टिममा उनकै भतिजा इमाम उल हक रहेका छन् ।

सन् १९९२ को छैठौ खेलमा देब्रे हाते ब्याटसम्यान शोहेल आमिर खेलको म्यान अफ द म्याच बनेका थिए भने यस विश्वकपमा देब्रे हाते ब्याट्सम्यान शोहैल हरिस म्यान अफ द म्याच बनेका थिए ।

सन् १९९२ मा अस्ट्रेलिया र भारतले त्यस अघिका दुई विश्वकप जितेका थिए भने यस विश्वकप अघिका दुई विश्वकप पनि अस्ट्रेलिया र भारतले जितेका छन् ।

यी बाहेक पाकिस्तानी क्रिकेट फ्यानहरुले अन्य समानता खोज्दै रमाइलो गरिरहेका छन् । जसमा सन् १९९२ मा आसिफ अली जरदारी जो पछि पाकिस्तानको राष्ट्रपति बने, उनी जेलमा थिए र संयोग अहिले पनि उनी फेरी जेलमा छन् ।
    
                                          
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै