• २०८१ बैशाख १५ शनिबार

लोकसेवाको विज्ञापनसम्बन्धि रिटमा अर्को सुनुवाई आइतबार हुने  

kharibot

काठमाडौँ । स्थानीय तहका लागि आवश्यक कर्मचारी नियुक्तिका लागि लोकसेवा आयोगले निकालेको विज्ञापनबारे परेको रिटबारे अर्को सुनुवाई आइतबार हुने भएको छ ।

बुधबारका लागि तोकिएको पेसीबारे राज्य व्यवस्था तथा सुशासन समितिलाई उपस्थित हुने सर्वोच्चको पत्र नपुगेपछि आगामी आइतबारसम्मका लागि सरेको हो ।

बुधबार सर्वोच्चका न्यायाधीशद्वय हरिकृष्ण कार्की र आनन्दमोहन भट्टराईको इजलासमा सो मुद्दा थियो । मुद्दाबारे बहस गर्ने केही अधिवक्ताले समितिको उपस्थिति चाहिने भनेपछि सुनुवाइको मिति सरेको हो । लोकसेवाको सुचनाको पक्ष र विपक्षमा छुट्टाछुट्टै चार वटा रिट परेको थियो ।

सबै रिटलाई सर्वोच्चले एक साथ राखेर सुनुवाइ गर्ने भनेको छ । समितिले विज्ञापन रद्द गर्न निर्देशन दिएपछि अधिवक्ता राजाराम घिमिरेले सो निर्णय खारेजीको माग गर्दै रिट दायर गरेका थिए भने अधिवक्ता विकास ठाकुर लगायतले लोकसेवाले विज्ञापन आह्वान गर्दा संवैधानिक व्यवस्थामा भएको समानुपातिक समावेशी सिद्धान्त पालना नगरेको भन्दै रिट दायर गरेका थिए ।

सुशासन समितिलाई पत्र नपुगेकाले पुनः पत्र पठाएर आइतबार सुनुवाई गर्ने गरि बुधबारको इजलास सकिएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै