• २०८१ बैशाख १६ आइतबार

वीपीको विचार बोक्दा कोही छट्पटिनु पर्दैन – कमल थापा

kharibot

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले काँग्रेस र कम्यूनिष्टप्रति जनताको मोह भंग हुँदै गएको बताएका छन् ।

काठमाडौंमा आयोजित वृहद पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले राप्रपाले अघि सारेका एजेण्डाप्रति सहमत हुँदै सयौंको संख्यामा राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश हुनुले राप्रपालाई वैकल्पिक शक्तिको रुपमा स्थापित गर्न शुभ संकेतको आरम्भको रुपमा लिएको बताए ।

एकता महाधिवेशनलाई आधार मानेर विलम्व नगरी पार्टी एकतामा आउनका लागि पशुपतिशमसेर जबरा र डा. प्रकाशचन्द्र लोहनीलाई आग्रह गर्दै अध्यक्ष थापाले मुलुकको पछिल्लो तरल राजनीतिक अवस्थामा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति देशले खोजिरहेको बताए ।

नाममा लोकतन्त्र तर व्यवहार भने सर्वसत्तावाद तर्फ उन्मुख भएको भन्दै गरिबी र बेरोजगारीका वावजुद भ्रष्टाचार महारोगको रुपमा पछिल्लो समय देखिएको चर्चा गर्दै वीपीको विचार बोक्दा खुशी हुनुपर्नेमा उल्टो पिडा र छटपटी हुनु विडम्वना भएको उनले बताए ।
काँग्रेस र कम्युनिष्टको वैचारीक असफलताको विरुद्धमा सम्बर्धनवादको वैचारिक दर्शन अब जनताको रोजाइ हुने उनको दावी थियो ।    

उक्त पार्टी प्रवेश कार्यक्रममा आज काठमाडौंमा दुई सय पचास जना व्यक्तित्वहरु राप्रपामा प्रवेश गरेका छन् । राप्रपा संयुक्त परित्याग गर्दै काठमाडौंमा प्रभावशाली नेताको रुपमा परिचित जय कुमार खड्का सहितका नेता तथा कार्यकर्ताहरु राप्रपामा प्रवेश गरेका हुन् । उनीसँग पार्टी प्रवेश गर्नेहरुमा सुरज पाण्डे, सानुकान्छा श्रेष्ठ, श्याम खत्री, रामेश्वर पौडेल, शम्भु खड्का, सरोज अधिकारी, बद्री मानन्धर, तिलक मजगैंया, बलराम थापा, बाबुराम वानिया, कपुर लामा, उत्तम लामा, रञ्जन खनाल, सान्ननी सुनार, राजकुमार पण्डित, नारायण प्रसाद श्रेष्ठलगायत छन् ।

सो अवसरमा राप्रपा सयुक्तका केन्द्रीय सदस्य बलराम थापाको नेतृत्वमा सिङ्गो नवलपुर जिल्ला कार्यसमिति र दामोदर भण्डारीको नेतृत्वमा दाङ जिल्ला कार्य समिति समेत राप्रपामा समाहित भएको छ । 

कार्यक्रममा वरिष्ठ नेता दिपक वोहरा, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, प्रदेश ३ का अध्यक्ष विक्रम बहादुर थापा, जय कुमार खड्का, सहायक महामन्त्री राजाराम वर्तौला लगायतका नेताहरुले सम्बोधन गरेका थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै