• २०८१ बैशाख १५ शनिबार

प्रधानसेनापति थापाद्वारा नमोबुद्धमा वृक्षरोपण

kharibot

काभ्रेपलाञ्चोक । प्रधानसेनापति पूर्णचन्द्र थापाले नमोबुद्ध नगरपालिका–२ भकुण्डेबेँसीस्थित नेपाली सेनाको २६ नम्बर बाहिनी अड्डाको बागबाणी इलाका (दलसिं पाखा)मा आज ‘एक नागरिक, एक फलफूल बिरुवा’ रोपण कार्यक्रमको शुभारम्भ गरे । उनले आँपको बिरुवा रोपेर वृक्षरोपण कार्यक्रमको शुभारम्भ गरेका हुन् । 

अड्डाको एक हजार रोपनीमध्ये ३८ रोपनी क्षेत्रमा विभिन्न प्रजातिका बिरुवा रोपिने कार्यक्रम रहेको निमित्त बाहिनीपति दिनेश केसीले जानकारी दिए ।

उनका अनुसार यसअघि बाहिनीको हाताभित्र विभिन्न प्रजातिका ३२० फलफूलका बिरुवा रोपण गरी संरक्षण तथा सम्वद्र्धन गरिँदै आएको छ । आज आँप १००, लिचीे ७०, अनार १००, कागती १००, कटहर १००, लप्सी ५०, किम्बुका १४ वटा  तथा अन्य प्रजातिका ४६६ बिरुवा रोपिएको छ ।

वृक्षरोपणका लागि बिरुवा धुलिखलस्थित विष्णुदल गणको नर्सरी, डिभिजन वन कार्यालय र कृषि ज्ञान केन्द्रले उपलब्ध गराएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै