• २०८१ बैशाख २६ बुधबार

दशैँसम्म सरकारको आलोचना समाप्त हुन्छ –प्रधानमन्त्री ओली 

kharibot

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दशैँ सम्म सरकारको आलोचना समाप्त हुने बताएका छन् ।

जननेता मदन भण्डारीको ६८औँ जन्मजयन्तीको अवसर पारेर मदन भण्डारी फाउन्डेशनले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले काठमाडौँ उपत्यकालाई व्यवस्थित र प्रदूषणरहित बनाउन सरकारले प्रयास गरेको उल्लेख गर्दै दशैँ सम्म सबै आलोचना समाप्त हुने बताए । 

प्रधानमन्त्रीले भने, “विगत एक वर्ष र अहिलेको काठमाडौँको तुलना गर्नुस्, आफैँ थाहा पाइहाल्नुहुन्छ ।” वर्तमान सरकार गठन भएपछि चालू आवमा ७.१ प्रतिशतको आर्थिक वृद्धि भएको तथ्याङ्क पेश गर्दै उनले भने, “यो अवधिमा सरकारले गर्ने जति सबै काम गरेको छ । एक हजार किलोमिटर सडक कालोपत्र भएको छ । अन्य क्षेत्रमा पनि उल्लेख्य प्रगति भएका छन् ।”

वर्तमान सरकारले जनअपेक्षाअनुसार कार्यसम्पादन गर्न नसकेको भनी आलोचना गर्नुकोसमेत कुनै अर्थ नरहेको प्रधानमन्त्रीको भनाइ थियो । सरकारले राम्रा काम अगाडि बढाए पनि कानून र संस्थागत संरचना निर्माणमा व्यस्त भएकाले जनतालाई जानकारी गराउन नपाएको प्रधानमन्त्रीको प्रस्टोक्ति थियो । उनले भने, “नयाँ आर्थिक वर्षसँगै सरकार नयाँ गतिमा अगाडि बढ्छ र दशैँसम्म आलोचना समाप्त हुन्छ ।”
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै