• २०८१ बैशाख १५ शनिबार

अमेरिका महिला विश्वकप फुटबलको फाइनलमा

kharibot

काठमाडौँ । अमेरिका महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

गएराती सम्पन्न खेलमा अमेरिकाले इङल्याण्डलाई २-१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।

अमेरिकाको जितमा क्रिस्टेन प्रेस र एलेक्स मोर्गनले एक एक गोल गरेका थिए । त्यस्तै इङल्याण्डका लागि एलेन ह्वाइटले एक गोल गरेकी थिइन् । खेलको ८६औ मिनेटमा इङल्याण्डकी मिल्ली ब्राइटले रातो कार्ड पाएपछि इङल्याण्ड १० खेलाडीमा सिमित भएको थियो । खेलमा दुवै टिमले एक एक पेनाल्टी समेत मिस गरेका थिए ।

यो जितसँगै अमेरिका लगातार तेस्रो पटक विश्वकपको फाइनलमा पुगेको छ । अहिलेसम्म सबै भन्दा धेरै ३ पटक महिला विश्वकपको उपाधि जितेको अमेरिका विश्वकपको डिफेन्डिङ च्याम्पियन हो भने २०११ को फाइनालिष्ट समेत हो । साथै यो जितसहित अमेरिका विश्वकपमा लगातार १६ खेलमा विजयी भएको छ । 

अब फाइलमा दोस्रो सेमिफाइनल नेदरल्याण्डस र स्विडेनबीचको विजेताले अमेरिकासँग उपाधिका लागि खेल्ने छन् ।          
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै