• २०८१ बैशाख ७ शुक्रबार

नेपाल र थाईल्याण्डको सर्वोच्च लेखापरीक्षण संस्थाबीच छलफल

kharibot

काठमाडौँ । महालेखापरीक्षक टंकमणि शर्मा, दंगाल र थाईल्याण्डको सर्वोच्च लेखापरीक्षण संस्थाका स्टेट अडिट कमिस्नर सनसेर्ण पोलजिकसहितको टोलीबीच  महालेखापरीक्षकको कार्यालय, बबरमहलमा छलफल भएको छ ।

छलफलमा दुबै देशका सर्वोच्च लेखापरीक्षण संस्था बीच हुन सक्ने सहकार्यका क्षेत्रहरु, कर्मचारीको क्षमता विकास, दीगो विकास लक्ष्यको लेखापरीक्षण लगायत द्विपक्षीय र आपसी हितका विविध विषयहरुमा कुराकानी भएको छ । 

सो अवसरमा थाईल्याण्डका स्टेट अडिट कमिस्नर पोलजिक ले दुबै देशका सर्वोच्च लेखापरीक्षण संस्थाको कार्य सम्पादन क्षमतामा अभिवृद्धि गरी लेखापरीक्षणलाई गुणस्तरीय र प्रभावकारी बनाउन अनुभवको आदान–प्रदान, पारस्परिक साझेदारी तथा दीगो विकास लक्ष्यको लेखापरीक्षण गर्न बाइल्याटरल एकेडेमिक कोअपरेसनका लागि सहकार्यको प्रस्ताव गरेका छन् । 

त्यस क्रममा महालेखापरीक्षक शर्माले दीगो विकास लक्ष्यको लेखापरीक्षणका लागि क्षमता विकास र अनुसन्धानमूलक कार्यका लागि थाईल्याण्डको सर्वोच्च लेखापरीक्षण संस्थाबाट गरिएको प्रस्तावको सराहना गरे ।

साथै नेपाल र थाईल्याण्ड एशियाली सर्वोच्च लेखापरीक्षण संस्थाहरुको संगठन (एसोसाई) को गभर्निङ्ग बोर्डको सदस्य समेत रहेको अवस्थामा सरकारी लेखापरीक्षणको माध्यमबाट वित्तीय अनुशासन कायम गर्न थप योगदान गर्न सकिने बताए । 

कार्यक्रमको शुरुवातमा उप–महालेखापरीक्षक रामुप्रसाद डोटेल र थाईल्याण्डको स्टेट अडिट अफिसका डेपुटी अडिटर जनरल डा. सिरिन फनकासेर्नले आ–आफ्ना कार्यालयका मूल्य–मान्यता, दूरदृष्टि, गन्तव्य, संगठनात्मक संरचना, लेखापरीक्षणका विधि, प्रक्रिया, वर्तमान अवस्था, विद्यमान चुनौतिहरुका साथै आगामी दिनमा गरिने सहकार्य लगायतका विषयमा प्रस्तुतीकरण गरेका थिए । 

  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै