• २०८१ बैशाख १५ शनिबार

नेपाली सेनाले खोल्यो राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय

kharibot

काठमाडौं । नेपाली सेनाले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयका लागि सम्पर्क कार्यालय स्थापना गरेको छ ।

विश्वविद्यालय स्थापना कार्यलाई अगाडि बढाउने योजनाअनुसार सैनिक मुख्यालयमा आवश्यक जनशक्तिसहित राष्ट्रिय प्रतिरक्षा महाविश्वविद्यालयको सम्पर्क कार्यालय स्थापना गरिएको नेपाली सेनाले जानकारी दिएको छ ।

सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेटमा समेत राष्ट्रिय प्रतिरक्षा महाविश्वविद्यालय स्थापना गर्ने विषय समावेश गरेको छ ।

नेपालको राष्ट्रिय सुरक्षा र प्रतिरक्षा सम्बन्धमा आवश्यक नीति तथा रणनीति निर्माण गरी त्यसको सहज कार्यान्वयनको सुनिश्चित गर्न राज्यलाई आवश्यक दक्ष जनशक्ति तयार गरी सो सम्बन्धी नीति निर्माण गर्न सहयोग गर्ने गरी विश्वविद्यालय स्थापना गर्न लागिएको नेपाली सेनाले जानकारी दिएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै