• २०८१ बैशाख २७ बिहीबार

सुनुवाइ समितिले प्रस्तावित चार राजदूतको नाम अनुमोदन

kharibot

प्रतिनिधिसभा अन्तर्गत संसदीय सुनुवाई समितिको सोमबारको बैठकमा स्पेनका लागि प्रस्तावित नेपाली राजदूत दावाफुटी शेर्पाको सुनुवाई हुँदै । तस्वीर : रोशन सापकोटा

काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित चार राजदूतको नाम अनुमोदन गरेको छ ।

समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले अष्ट्रेलियाका लागि प्रस्तावित राजदूत महेशराज दाहाल, बंगलादेशका लागि प्रस्तावित वंशिधर मिश्र, कतारका लागि प्रस्तावित नारदनाथ भारद्वाज र स्पेनका लागि प्रस्तावित दावा फुटी शेर्पाको नाम सर्वसम्मतिले अनुमोदन गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिएका छन् ।

समितिमा सुनुवाईको क्रममा बंगलादेशका लागि प्रस्तवित राजदूत मिश्रले ब‌ंगलादेशसँगको विद्युत तथा उर्जा कनेक्टिभिटीलाई प्राथमिकता दिने बताउँदै आफ्ना योजनाहरु सुनाएका थिए । समितिका ९ जना सदस्यहरुले सुनुवाईका क्रममा मिश्रलाई प्रश्न गरेका थिए । धेरै जसो प्रश्नहरु सुझावसँग सम्बन्धित थिए ।

समितिमा राजदूत सिफारिस प्रक्रिया समावेशी नभएको भन्दै उजूरी परेको थियो भने अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत महेशराज दाहालको विरुद्ध पनि उजूरी परेको थियो ।

अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत महेशराज दाहालले श्रीमतीसँग अमेरिकाको ग्रीन कार्ड रहेको आरोपको खण्डन गर्दै उनीसँग वर्कपर्मिट मात्रै रहेको र त्यो पनि सेप्टेम्बरमा सकिने बताएका थिए ।

समितिबाट अनुमोदित भएसँगै बंगलादेशका लागि डा. बंशीधर मिश्र, अस्ट्रेलियका लागि महेशराज दाहाल, स्पेनका लागि दावाफुटी शेर्पा र कतारका लागि नारदनाथ भारद्वाज राजूदत हुने निश्चित भएको छ ।

समितिबाट अनुमोदित भएपछि राष्ट्रपतिले राजदूतमा नियुक्त गरेर शपथ खुवाउने संबैधानिक व्यवस्था रहेको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै