• २०८१ बैशाख १५ शनिबार

युएईले यमन युद्धमा सैनिक कटौती गर्ने घोषणा

kharibot

दुबई । युनाइटेड अरब इमिरेट्स (युएई)ले युद्धग्रस्त मुलुक यमनमा संलग्न सेनाको संख्यामा कटौती गर्ने सोमबार घोषणा गरेको छ । युएईले सैनिक हस्तक्षेपको सट्टा शान्ति योजनालाई अघि सार्न चाहेको जनाएको छ ।

युएईका एक जना वरिष्ट अधिकारीले संवाददाताहरुसँग भने, हामी यमनको होडेडा समेतका रणनीतिक स्थान छाडेर सैन्य संख्या कम गर्दैछौं । हाम्रो चाहना शान्ति हो, युद्ध होइन ।

यमनका हुथी विद्रोही विरुद्ध साउदी अरेबियाको गठबन्धनमा रहेर युएईले पनि यमनमा हवाई आक्रमण गरिरहेको छ । यसबाट यमनमा ठूलो मानवीय संकट उत्पन्न भएको अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाहरु, राष्ट्रसंघ र संचार माध्यमहरुले जनाएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै