काठमाडौं । त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिनको कार्यालय कीर्तिपुरका सहायक डिन प्रा.डा.शम्भुप्रसाद पटेलविरुद्ध अख्तियारले मुद्दा दायर भएको छ ।
सेवाग्राहीको कलेज संचालन अनुमति रद्द हुन सक्छ भन्दै डर देखाएर घुसलिने पटेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो ।
अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार पटेल ५० हजार घुससहित पक्राउ परेका थिए । पटेलमाथि अनुसन्धान गर्दा रकम लिएको खुलेको अख्तियारको दाबी छ ।
अख्तियारले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, बमोजिम सजायको मागदाबी गरेको छ ।