पाकिस्तानी प्रधानमन्त्रीको खर्च कटौती गर्ने उपाय अमेरिकाको टाउको दुखाइ 

खरीबोट

पाकिस्तान । पाकिस्तानका प्रधानमन्त्री इमरान खान यही जुलाई २१ देखि तीन दिनका लागि अमेरिका भ्रमणमा जाँदै छन् । प्रधानमन्त्री खानले सरकारी खर्च कटौतीका लागि अमेरिकाको कुनै महँगो होटलमा नबसी पाकिस्तानको दूतावासमा बस्ने इच्छा व्यक्त गरेका छन् ।

पाकिस्तानी समाचार पत्रिका डनका अनुसार अमेरिकाका लागि पाकिस्तानी राजदूत असद मजीद खानको आवासमा उनी बस्ने भएका छन् । यसबाट यात्रामा हुने खर्च कम गर्न सकिने प्रधानमन्त्री खानको भनाइ छ । 

तर, त्यहाँको अमेरिकी गोप्य सेवा र शहरी प्रशासनलाई भने यो चित्त बुझेको छैन । अमेरिकी गोप्य सेवाले अमेरिकामा आउने बित्तिकै कुनै पनि अतिथिको सुरक्षाको जिम्मा लिने गर्छ । त्यस्तै, शहरी प्रशासनले पनि वाशिङटनको यातायात प्रभावित नहोस् भनी ध्यान पुर्याउनुपर्छ ।

वाशिङटनमा हरेक वर्ष सयौं राष्ट्रपति तथा प्रधानमन्त्री भ्रमणमा आइरहेका हुन्छन् । यस्तोमा अमेरिकाको संघीय सरकारले शहर प्रशासनसँग मिलेर कुनै पनि अतिथिको भ्रमणबाट सामान्य जनजीवन प्रभावित नहोस् भनी विशेष ध्यान पुर्याउने गरेको छ । 

पाकिस्तानका राजदूतको आवास वाशिङटनको डिप्लोमेटिक एन्क्लेभको बीचमा छ जहाँ जापान, भारत, टर्की लगायत एक दर्जन राष्ट्रको दूतावास छ । 

कुनै पनि देशका अतिथि राष्ट्राध्यक्ष वाशिनमा रहेको बेला अमेरिकाका अधिकारी, नेता, पत्रकार तथा विशेषज्ञ प्रतिनिधिहरु बैठक बस्ने गर्दछन् । तर, दूतावास बैठकको लागि पर्याप्त मात्रामा ठूलो छैन । त्यस्तै, खान अमेरिका भ्रमणमा रहँदा अन्य राष्ट्रका प्रतिनिधि तथा अमेरिकी विदेशमन्त्री माइक पोम्पेओको आधिकारिक आवासमा पनि जाने तय भएको छ । 

उनी भेटघाटका लागि जाँदा वाशिङटनको सबैभन्दा व्यस्त बाटोको प्रयोग गर्नुपर्ने हुन्छ । त्यसैले पनि पाकिस्तानी प्रधानमन्त्रीको खर्च कटौतीको यो योजना अमेरिकाको टाउको दुखाइको विषय हुन सक्ने बताइएको छ । 
 

सम्बन्धित समाचार

मेक्सिको पार गरी आउने कागजातविहीन आप्रवासीलाई अमेरिकाले शरण नदिने

वासिङ्टन । अमेरिकी प्रशासन केन्द्र ह्वाइट हाउसले सोमबारदेखि मेक्सिकोसँगको दक्षिणी सिमाना पार गरी अमेरिका प्रवेश गर्ने आप्रबासीलाई दिइदै आएको शरणसम्बन्धी प्रावधानमाथि रोक लगाउने घोषणा गरेको छ ।  कागजातविना नै अमेरिका प्रवेश

अमेरिकासँग वार्ता गर्न तयार : इरानी राष्ट्रपति

इरान । इरानका विरुद्धमा लगाइएको नाकाबन्दी हटाउने हो भने इरान अमेरिकासँग वार्ताको टेबलमा बस्न तयार रहेको इरानी राष्ट्रपति हसन रौहानीले बताएका छन् । उनले भने, ‘यदि अमेरिकाले इरानका विरुद्धमा लगाइएका नाकाबन्दीहरुलाई

अमेरिकामा आँधीसँगै बाढीपहिरो, हजारौँ प्रभावित

अमेरिका । तीब्र गतिको आँधीसँगै आएको बाढी र पहिरोमा परी अमेरिकाको पूर्वी शहरहरुमा हजारौँ प्रभावित भएका छन् । शनिबार मध्यान्हतिर आएको बेरी नामक सो आँधीपछि लुजियाना राज्यको इन्ट्राकोस्टल सहरमा पहिरो गएको

अमेरिकामा मृगौला प्रत्यारोपणमा नयाँ नीति घोषणा

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै आगामी सन् २०३० सम्ममा अमेरिकामा २५ प्रतिशतले मृगौला रोगीको संख्यामा कमी ल्याउने घोषणा गरेका छन् । अमेरिकी सरकारले मृगौला


z