काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापा संयुक्त राष्ट्रसंघको कार्यक्रममा सहभागी भएर स्वदेश फर्किएका छन् ।
प्रधानसेनापति थापालाई बलाधिकृत रथी शरद कुमार गिरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् । उक्त अवसरमा नेपाली सेनाका रथीबृन्दहरुको उपस्थिति रहेको थियो । उनलाई जंगी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।
नेपाली सेनाका अनुसार भ्रमणको क्रममा राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा ब्रिटिश आर्म्ड फोर्सेस आयोजना गर्ने फर्स्ट वुमन, पिस एण्ड सेक्युरिटी नेटवर्क मिटिङ र संयुक्त राष्ट्रसंघको सचिवालयले आयोजना गर्ने तेस्रो शिफ अफ डिफेन्स कन्फरेन्समा सहभागी भएका थिए ।
भ्रमणको क्रममा प्रधानसेनापति थापाले डिपार्टमेन्ट अफ डिफेन्समा युएस आर्म्ड फोर्सेसका भाइस चेयरमेनन ज्वाइन्ट शिफ अफ स्टाफ तथा डिपार्टमेन्ट अफ डिफेन्स अन्तर्गत दक्षिण एशिया विभाग हेर्ने पदाधिकारीहरुसँग भेटवार्ता गरेका थिए ।
यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र संयुक्त राष्ट्रसंघ तथा मित्रराष्ट्र अमेरिकी सेनाबीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।
प्रधानसेनापति थापा संयुक्त राष्ट्रसंघको औपचारिक निमन्त्रणामा यहि असार २३ गते ४ सदस्यीय भ्रमण दलका साथ अमेरिका तर्फ गएका थिए ।