• २०८१ बैशाख १४ शुक्रबार

नेटफ्लिक्सदेखि पोर्नसम्म पृथ्वीका लागि हुन सक्छन् खतरा 

kharibot

काठमाडौं । हाल अनलाइन पोर्न हेर्नु पृथ्वीको लागि ठूलो खतरा बनेको छ । अनलाइन पोर्नोग्राफीको स्ट्रिमिङले यूरोपेली देश बेल्जियमबाट निस्किने जति नै कार्बन डाइअक्साइड (सीओ२) उत्पादन भइरहेको छ । फ्रान्सको थिङ्क ट्यांक द सिफ्ट प्रोजेक्टले हालसालै प्रकाशित गरेको अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो । 

सन् २०१९ को सुरुमा द सिफ्ट प्रोजेक्टले आफ्नो अध्ययन प्रतिवेदनमा डिजिटल टेक्नोलोजीले ग्रीन हाउस ग्यास एमिसन (उत्सर्जन) ४ प्रतिशत उत्पादन गर्ने र यो आँकडा सन् २०२५ सम्म बढेर ८ प्रतिशत पुग्ने अनुमान गरेको थियो । 

अनलाइन भिडियोबाट कार्बन उत्सर्जन 

थिंक ट्यांकले अनलाइन भिडियोबाट हुने कार्बन उत्सर्जनको मात्र अनुमान लगाएको छ । यसको लागि अनुसन्धाताले फोन र टिभीदेखि अन्य डिभाइससम्म भिडियो डेटा पुर्याउन लाग्ने विद्युत् खपतको अनुमान गरेको हो । अनुसन्धाताहरुले कुल उत्सर्जनको अनुमानका लागि इलेक्ट्रिसिटी जेनेरेसनबाट हुने कार्बन उत्सर्जनको विश्वभरको अनुपात निकालेका हुन् । 

हरेक वर्ष कार्बन उत्सर्जनमा वृद्धि 

अनुन्धाता टोलीका प्रमुख कम्प्युटर इन्जिनियर मेक्सिम एफु हेस्सेले डिजिटल टेक्नोलोजीबाट ऊर्जा खपतमा हरेक वर्ष करीब ९ प्रतिशत वृद्धि भइरहेको र त्यसको ६० प्रतिशत अनलाइन भिडियो स्ट्रिमिङबाट हुने गरेको बताए । यस अध्ययन प्रतिवेदनमा स्काइपजस्ता एपको भिडियो स्ट्रिमिङलाई छुट्टै राखिएको थियो । यिनलाई पनि राख्ने हो भने प्रविधिको क्षेत्रमा हुने कुल विद्युत् खपतमा अनलाइन स्ट्रिमिङको भाग ८० प्रतिशत हुने हेस्सेको भनाइ छ । 

हाइ रिजोलुसन कन्टेन्टले अझै बढी नोक्सान 

८के रिजोलुसन र अन्य उच्च गुणस्तरका भिडियोले कार्बन उत्सर्जनमा अझै बढावा दिइरहेको छ । त्यस्तै, गूगल स्टाडिया जस्ता गेम स्ट्रिमिङ सेवाले पनि कार्बन उत्सर्जनलाई अझै बढावा दिइरहेको बताइएको छ । 

उत्सर्जन न्यूनीकरणको आवश्यकता 

द सिफ्ट प्रोजेक्टले भिडियो स्ट्रिमिङबाट हुने उत्सर्जन कम गर्न केही सुझाव दिएको छ । सबैभन्दा पहिला अनलाइन भिडियो अटो प्ले बन्द गर्नुपर्छ । त्यस्तै, आवश्यकता अनुसार एचडी भिडियोको क्वालिटीलाई पनि परिवर्तन गर्न सहज बनाउनुपर्छ । उदाहरणको लागि केही डिभाइसमा आवश्यकताभन्दा बढी रिजोलुसन डिस्प्ले राखिएको हुन्छ । 

त्यस्तै, भिडियो स्ट्रिमिङलाई नियमन गर्नु पनि आवश्यक रहेको प्रतिवेदनमा औंल्याइएको छ । 

सचेतनाको जरुरी 

‘हालको अवस्था हेरेर यो कुरा गरिरहँदा पोर्न, टेलिमेडिसिन, नेटफ्लिक्स, इमेल आदिको पक्ष अथवा विपक्षमा कुरा गर्नुभन्दा पनि यसबाट वातावरणमा हुन सक्ने असरलाई कम गर्नुपर्ने मुख्य आवश्यकता हो । अन्यथा प्रविधिको विकाससँगै मानिसको बदलिँदो बानीले विभिन्न पक्षबाट मानव अस्तित्वलाई नै हानि पुर्याउन सक्छ,’ प्रतिवेदनमा उल्लेख छ । एजेन्सी 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै