• २०८१ बैशाख २० बिहीबार

राष्ट्रियसभामा काँग्रेस र राजपाको जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

kharibot

फाइल तस्बीर

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र राजपाले बाढी, पहिरो र डुवानको प्रभावत र उद्दार तथा राहतबारे छलफल गर्न राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन् ।

बुधबार काँग्रेसका सांसद राधेश्याम अधिकारीले संसद सचिवालयमा सो प्रस्ताव दर्ता गराएका हुन् । प्रस्तावमा राजपा सांसद वृषेशचन्द्र लाल र काँग्रेस सांसद बद्री पाण्डेले समर्थन जनाएका छन् ।

सो प्रस्तावमा, 'वर्षाको कारण मुलुकका विभिन्न भागमा धेरै संख्यामा मानिसको मृत्यु भएको, घाइते र वेपत्ता भएका, सर्वसाधारणको घरवास, खेतबारी बगाई हजारौं विस्थापित भएका, धेरै राजमार्ग अवरुद्ध भएको, विद्युत सेवा रोकिएको, खानेपानीको अभाव भएको, विद्यालय क्षतिग्रस्त भएका, स्वास्थ्य उपचार, उद्धार तथा राहतको काम कारवाही सम्बन्धमा सदनले जानकारी लिई आवश्यक निर्देशन दिनुपर्ने भएकोले जरुरि सार्वजनिक महत्वको प्रस्ताव पेश गरेका छौ' भन्ने उल्लेख रहेको छ ।

त्यस्तै प्रस्तावमा वर्षाबाट मुलुकभरी भएको धनजनको क्षति र त्यसमा आहत भएका सर्वसाधारणलाई अल्पकालीन र दीर्घकालीन उचित राहत दिनुपर्ने भएकोले प्रस्ताव दर्ता गर्नु परेको बताइएको छ ।

यस अघि काँग्रेस र राजपा सांसदहरुले प्रतिनिधि सभामा समेत बाढी -पहिरोका विषयमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेपनि सभामुखले बैठक साउन ८ गतेसम्मका लागि स्थगित गरेपछि सो प्रस्तावमा छलफल हुन सकेको छैन ।      
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै