• २०८१ बैशाख १८ मंगलबार

जोखिमबाट फर्केका किशोरी तालीमबाट बने स्वरोजगार

kharibot

कञ्चनपुर /  कञ्चनपुरका जोखिमबाट फर्केका र पर्नसक्ने अवस्थाका २४ जना किशोरी व्यावसायिक तालीम लिएर स्वरोजगार भएका छन् । माइती नेपालले जोखिममा परेका किशोरीलाई व्यावसायिक तालीम दिई स्वरोजगार बनाएको हो ।

बेचबिखनको जोखिममा परेर फर्केका र जोखिममा पर्नसक्ने किशोरीलाई एडभान्स सिलाइकटाइ र होटेल मेनेजमेण्ट तालीम दिएर स्वरोजगार बनाइएको माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताए । “कञ्चनपुरका महाकाली, शुक्लाफाँटा, बेदकोट, भीमदत्तनगर र बेलौरी नगरपालिका तथा बेलडाँडी गाउँपालिकाका किशोरीलाई माइती नेपालको केन्द्रीय कार्यालयमा पठाई तालीम दिएर दक्ष बनाएका छौँ”ं, संयोजक भट्टले भने ।

एक जना किशोरीलाई सिलाइकटाइ र अन्य २३ जनालाई होटेल मेनेजमेण्ट तालीम दिइएको उनले बताए । सिलाइकटाइ तालीम पाएका बेलौरीका किशोरीले घरमै पसल राखेर कार्य गरिरहेको र होटेल मेनेजमेण्ट तालीम लिएका पोखरा, चितवन, काठमाडौँ लगायतका होटेलमा वेटरदेखि कुकका रुपमा कार्यरत रहेको उनको भनाइ छ ।

सिलाइकटाइको व्यावसायिक कार्यमा लागेका किशोरीलाई सिलाइ मेशिनसहित आवश्यक सामग्री माइती नेपालका तर्फबाट उपलब्ध गराइएको छ । “जोखिमबाट फर्केका दुई जना किशोरीलाई हेल्थ असिस्टेण्ट र फार्मेसी अध्ययनका लागि छात्रवृत्ति दिइएका छौँ”, उहाँले भन्नुभयो, “पढाइको सबै खर्च संस्थाले व्यहोर्ने व्यवस्था गरेको छ ।”

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै