• २०८१ बैशाख १४ शुक्रबार

टिभिएसले ल्यायो अपाचे अन्तर्राष्ट्रिय रेस ट्रयाक एक्पेरियन्स योजना

kharibot

काठमाडौँ । नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस मोटरसाईकल ग्राहकहरुलाई लक्षित गरेर एक नयाँ योजना अपाचे रेस ट्रयाक एक्सपेरियन्स अघि सारेको छ ।

जुन योजना अनुसार नेपाल भर रहेका टिभिएस मोटरसाईकलको कुनै पनि शोरुममा गई अपाचे आरआर ३१० तथा अपाचे  २०० ४भी भी२ को टेस्ट राईड मात्र गरि उक्त योजनामा सहभागि हुन सकिनेछ र २५ जना भाग्यशाली विजेताहरुले भारतको चेन्नाईमा रहेको मदरास मोटर रेस ट्रयाकमा अपाचे आरआर ३१० तथा अपाचे  २०० ४भी भी२ कुदाउनुको अनुभव संगाल्न पाउनेछन् ।

साथै अपाचे आरआर ३१० तथा अपाचे  २०० ४भी भी२ खरिदकर्ताहरुले हेल्मेट्स नेपालको क्रमशः १० हजार तथा ७ हजार रुपैयाँ बराबर नगद भौचर उपहार पाउनेछन् भने अपाचे आरआर ३१० को लागि मासिक किस्ताबन्दी १९ हजार ९३ र अपाचे २०० ४भी भी२  को लागि ११ सय २ सय ४५ कायम गरिएको छ । 

नयाँ बिक्री योजनाका बारेमा जानकारी दिदै जगदम्बा मोटर्सका भाइस प्रेसिडेन्ट दीपक अग्रवालले भने,“हरेक मोटरसाईकल राइडरको एउटा भित्री ईच्छा हुन्छ रेस ट्रयाकमा मोटरसाईकल कुदाउनुको मज्जा लिने । तर सबैले यस्तो चाहना पूरा गर्न सकेका हुँदैनन् । यसैले आफ्ना बाइक प्रेमीहरुलाई सदैव नयाँ नयाँ एक्सपेरियन्स दिलाएर अचम्भित पार्दै आएको टिभिएसले एक नयाँ योजना अघि सारेर यसपटक सर्वथा भिन्न आश्चर्यजनक उपहारको रुपमा हामीले हाम्रा ग्राहकहरुलाई यो रेस ट्रयाक एक्सपेरियन्स प्रस्तुत गरेका छौं ।” 

मदरास मोटर रेस ट्रयाक भारतको विश्वस्तरीय र लोकप्रिय रेस ट्रयाक हो । सन् १९८९ मा उद्घाटन गरिएको यो ट्रयाक घ।ठद्ध कि.मि को छ । विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय रेसिङ्ग ईभेन्टहरु आयोजना भईसकेको यो ट्रयाक रेसिङ्ग प्रेमीहरु माझ अत्यन्तै लोकप्रिय छ । 

टिभिएस अपाचे रेस ट्रयाक एक्सपेरियन्स योजनामा सहभागी भई आफ्नो जीवनकै सर्वश्रेष्ठ अनुभव हासिल गर्ने अवसर नगुमाउन हुन कम्पनी सबै मोटरसाईकल प्र्रेमीहरुमा अनुरोध गर्दछ । अन्य जानकारीको लागि देशभर रहेको टिभिएस शोरुमहरुमा सम्पर्क राख्न सकिनेछ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै