• २०८१ बैशाख २० बिहीबार

बलिवुड अभिनेता अर्जुन रामपाललाई पुत्रलाभ

kharibot

मुम्बई । बलिवुड अभिनेता अर्जुन रामपाल तेस्रो पटक पिता बनेका छन् ।

रामपाल र उनकी प्रेमिका गैब्रिएला डेमेट्रिएडसबाट विहिबार छोराको जन्म भएको छ । भारतीय मिडियाका अनुसार मुम्बईस्थित हिन्दुजा अस्पतालमा गैब्रिएलाले छोराको जन्म दिएकी हुन् ।    

अघिल्लो जेठमा आफ्नी पत्नी मेहर जेसियासँगको डिभोर्सपछि गैब्रिएलासँग अफ्येर्समा रहेका रामपाल र गैब्रिएला विहे बिना नै पिता बनेका हुन्  ।

गैब्रिएला दक्षिण अफ्रिकाकी सुपर मोडल हुन् । उनी सन् २००९ की मिस आइपिएल बलिवुडको उपाधि जितेकी थिइन् । गैब्रिएला एफएएमले जारी गरेको विश्वका सय सुन्दर महिलाको सुचीमा समेत परेकी थिइन् ।         

अर्जुन रामपालले अघिल्लो बर्षको जेठमा आफ्नो २० बर्षे वैवाहिक जीवन टुंगाउदै डिभोर्स गरेका थिए । अर्जुन र  मेहर जेसियाबीच १९९८ मा विवाह भएको थियो । सन १९८६ की मिस इंडिया समेत रहेकी मेहरले आफ्ना पतिसँग मिलेर 'आई सी यु' नामक फिल्म पनि बनाएकी थिइन् ।

अर्जुनका पुर्व पत्नी मेहरबाट दुई छोरी माहिका र माहिरा रहेका छन् ।      

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै