• २०८१ बैशाख २९ शनिबार

‘मारुनी’ नयाँ गीतमा पुष्प र साम्राज्ञीको गजब केमेस्ट्री

kharibot

काठमाडौँ । नारी संवेदनामाथि फिल्म बनाउन सिपालु मानिने निर्देशक नवल नेपाल निर्देशित फिल्म ‘मारुनी’ को दोस्रो गीत रिलिज भएको छ । ‘जाम्न माया जाम’ बोलको गीतले सकारात्मक प्रतिक्रिया बटुल्दै गर्दा निर्माण टिमले शुक्रबार बिहान फिल्मको रोमान्टिक नम्बर सार्वजनिक गरेको हो । 

गीतमा फिल्मका लिड अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी आरएल शाह रोमान्टिक अवतारमा प्रस्तुत छन् । गायिका मेलिना राईको स्वरमा रहेको ‘सक्दिनँ म बाँच्न’ बोलको गीतमा अर्जुन पोखरेलले संगीत र सुरेश वाग्लेले शब्द रहेको छ । 

गीतको भिडियोमा पुष्प र साम्राज्ञीको केमेस्ट्री कमालको देखिएको छ । दुईको पहिरनमा विशेष ध्यान दिइएको छ । साम्राज्ञीलाई बोल्ड अवतारमा देख्न सकिन्छ । गीतको मेकिङ आकर्षक छ । भाद्र १३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मले त्रिकोणात्मक प्रेमकथा वाचन गरेको बताइएको छ । 

पुनम गौतमले निर्माण गरेको फिल्ममा सह-निर्मातामा राजा प्रधान, दर्शन केसी र मिना क्षेत्री छन् । गोविन्द फुँयाल र निर्देशक नेपालले फिल्मको कथा लेखेका हुन् । फिल्मलाई संजय लामाले खिचेका हुन् । फिल्ममा नायिका रेविका गुरुङको पनि मुख्य भूमिका छ । पुष्प र साम्राज्ञी दुबै फिल्मलाई लिएर निकै उत्साहित छन् ।

फिल्ममा शुशील क्षेत्री, अर्जुन श्रेष्ठ, विनोद भट्टराई, शंखर सेढाइलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । मित्र डि.गुरुङ फिल्मका सम्पादक हुन् ।

 ‘मारुनी’ को गीत :

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय