• २०८१ बैशाख १५ शनिबार

नेइमार बिना खेलेको पिएसजी बराबरीमा रोकियो

kharibot

काठमाडौँ । फ्रेन्च क्लब पिएसजी प्रि-सिजनको मैत्रीपूर्ण खेलमा बराबरीमा रोकिएको छ । गएराती भएको खेलमा पिएसजी र जर्मनी क्लब नार्नबर्गसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

पिएसजीका लागि पाबलो सर्बियाले एक गोल गरेका थिए नार्नबर्गका लागि एनरिको भालेनटिनीले एक गोल गरेका थिए ।

आफना स्टार खेलाडी नेइमार बिना खेलेको पिएसजीले प्रि-सिजनमा जित निकाल्न असफल भएको थियो । नेइमारले क्लब छोड्ने बताएपछि क्लबको अभ्यासमा रहेपनि उनलाई यस खेलबाट भने बाहिर राखिएको थियो । उनी बार्सिलोना जाने विषयमा दुवै क्लब छलफलमा रहे पनि अझै सहमति पुग्न भने सकेका छैनन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै