• २०८१ बैशाख १४ शुक्रबार

भारतको महत्वकांक्षी चन्द्रमा मिशन चन्द्रयान -२ को सफल प्रक्षेपण

kharibot

काठमाडौँ । भारतले महत्वकांक्षी चन्द्रमा मिशन चन्द्रयान -२ को सफल प्रक्षेपण (लन्च) गरेको छ । भारतले सोमबार अपराहन्न २ बजेर ५८ मिनेटमा चन्द्रयान-२ को लन्च गरिएको थियो ।

यस अघि यहि जुलाई १५ मा चन्द्रयान-२ को लन्च रोकिएको थियो । चन्द्रयान-२ ४८ दिनपछि चन्द्रमामा पुग्ने बताइएको छ । यस यानको वजन ३.८ टन रहेको छ भने यसलाई निर्माण गर्न भारतले ९ सय ७८ करोड भारतीय रुपैया खर्च गरेको छ । यस यानको उचाई १५ तल्ले भवन जत्रो रहेको बताइएको छ । यस यानले चन्द्रमामा पुग्नु अघि चन्द्रमाको चार चक्कर लगाउने बताइएको छ ।   
          
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै