काठमाडौँ । एथलेटिको म्याड्रिडबाट बार्सिलोना पुगेका फ्रेन्च फुटबलर एन्टोनी ग्रीजम्यानले आफुलाई लियोनेल मेसीले अझै स्वागत नगरेको बताएका छन् ।
प्रि-सिजन टुर अन्तर्गत हाल जापानमा रहेको बार्सिलोनाको मंगलबारको चेल्सीविरुद्धको खेल अघि मिडियासँग कुरा गर्दै ग्रीजम्यानले मेसीले अझै स्वागत नगरेको खुलासा गरेका हुन् ।
ग्रीजम्यानले आफुलाई लुइस स्वरेजले फोन गरेर स्वागत गरेको र अन्य खेलाडीले स्वागत गरेपनि मेसीले भने अझै स्वागत नगरेको खुलासा गरेका छन् ।
ग्रीजम्यान बार्सिलोना आउनु अघि मेसीले ग्रीजम्यानको ठाउमा नेइमारलाई नै ल्याउन क्लबलाई आग्रह गरेको मिडिया रिपोर्ट सार्वजनिक भएको थियो ।
मेसी अहिले कोपा अमेरिकापछि परिवारसँग बिदा मनाउन क्यरबियन आइल्याण्डमा रहेका छन् । प्रि-सिजन टुरमा समावेश नभएका मेसी छिट्टै बिदा सकाएर बार्सिलोना टिममा समावेश हुदै छन् ।
एथलेटिकोबाट २२४ मिलियन अमेरिकी डलरमा बार्सिलोना आएका ग्रीजम्यानले एथलेटिकोले आफ्नो ट्रान्सफरको उजुरी गरेको बारे आफुले पनि सुनेको बताउदै अहिले पनि आफ्नो सम्बन्ध क्लब र कोच डिएगो सिमेओनीसँग राम्रो रहेको बताए ।
बार्सिलोनाले जापानमा राकुटेन कपमा चेल्सी र भिसेल कोबे क्लबसँग खेल्दै छ ।