• २०८१ बैशाख २४ सोमबार

नक्कली स्मार्ट कार्ड लाईसेन्स बनाउने गिरोहका दुई पक्राउ

kharibot

बारा । ईलाका प्रहरी कार्यालय सिमरा बाराले नक्कली सवारी चालक अनुमती पत्र (स्मार्ट लाईसेन्स) बनाउने गिरोहमा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका ७ का ३१ वर्षीय दिपक अर्याल र बिरगंज महानगरपालिका १४ का ४७ वर्षीय दिपक ठाकुर रहेका छन् ।

नक्कली लाईसेन्स बनाएर ठगी गर्ने गरेको उजुरी परे पछि प्रहरीले अर्याललाई जीतपुरबाट पक्राउ गरेको हो । प्रहरीले अर्यालको साथबाट ८ थान नक्कली स्मार्ट कार्ड लाइसेन्स र लाइसेन्स लिन बुझाएको दुई थान रसिद भरपाई समेत बरामद गरेको छ । अर्याल पक्राउ परे पछि उन कै बयानका आधारमा प्रहरीले ठाकुरलाई बिरगंजबाट नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार अर्यालले जीतपुर आसपासका दर्जनंै स्थानीयसँग रकम लिएर नक्कली लाईसेन्स दिई किर्ते ठगी गर्ने काम गर्दै आएका थिए । अर्यालले हेभी लाईसेन्स बनाई दिने भन्दै ५० हजार र लाईट लाईसेन्स बनाई दिने भन्दै १० देखि २० हजार दरले रकम असुल्ने गरेको प्रहरी नायब उपरीक्षक (डि.एस.पी) गोविन्द पुरीले जानकारी दिए ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै