• २०८१ बैशाख १५ शनिबार

पिएसजी नछोड्न नेइमारलाई एम्बाप्पेको आग्रह

kharibot

काठमाडौँ । ब्राजिलियन स्टार फुटबलर नेइमारले पिएसजी छोड्ने अडान लिइरहेका बेला पिएसजीकै अर्का युवा स्टार खेलाडी किलियन एम्बाप्पेले नेइमारलाई पिएसजी नछोड्न अनुरोध गरेका छन् ।

नेइमारले बार्सिलोना जाने पहल गरिरहेका बेला एम्बाप्पेको यस्तो बयान आएको हो । चीनमा शनिअबर हुने ट्रफी डेस च्याम्पियन्सको रेन्नेजविरुद्धको फाइनल खेल अघि एम्बाप्पेले नेइमार पिएसजीमै रहन आग्रह गरेका हुन् ।

उनले भने,  'उनी पिएसजीका महत्वपूर्ण खेलाडी हुन्, म चाहन्छु उनी पिएसजी मै रहुन् । उनी प्रशिक्षणमा आउदा पनि माहोल अर्कै हुन्छ । उनी महान खेलाडी हुन् ।'

साथै एम्बाप्पेले युएनएफपी अवार्डका क्रममा आफ्नो भविष्य बारे निश्चित नभएको अभिव्यक्ति दिएको बारे माफी माग्दै त्यो ठाउ त्यस्तो कुरा गर्ने ठाउ नभएको आफुलाई महसुस भएको बताए ।      

हाल पिएसजी टिमसँग प्रशिक्षणमा रहेका नेइमार प्रि-सिजन खेलमा खेल्न अस्विकार गरेको रिपोर्ट बाहिर आएको थियो । पिएसजी अहिले शनिबार हुने डेस च्याम्पियनसिप फाइनलको तयारीमा जुटेको छ तर नेइमारले भने प्रतिबन्धका कारण सो खेल खेल्न भने पाउने छैनन् ।           
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै