• २०८१ बैशाख १४ शुक्रबार

मकवानपुरमा कमजोर बाँध बनाउने ठेकेदारलाई कारवाहीको माग

kharibot

मकवानपुर । रु ५२ लाखको लागतमा मकवानपुर गढी गाउँपालिका–५ ज्यामिरेमा निर्माण गरिएको ‘क्रंक्रिट ड्याम’ गुणस्तरहीन भएको भन्दै  स्थानीय जनप्रतिनिधिहरुले आपत्ति जनाएका छन् । खैरनी खोलाको दोभानस्थित ज्यामिरे बस्ती जोगाउन बनाइएको बाँध ठेकेदारको लापरवाहीले एक हप्तासम्म पनि ‘सेट’ नभएको स्थानीय रामप्रसाद घिमिरेले बताए ।

कम्पनीले मापदण्ड विपरीत बालुवाको मात्रा बढी हालेको र  सिमेन्ट तथा छडको प्रयोग कम गरेको अनुगमनका क्रममा पाइएको बताइएको छ । ज्यामिरे खोलामा निर्माण गरिएको ६५ मिटर लामो ‘आरसीसी ड्याम’मा बालुवा निस्कनाका साथै  वरपर चर्किएको पाइएको स्थानीय लक्ष्मण फूयाँलको गुनासो थियो । मकवानपुर गढी गाउँपालिकाले गरेको  बोलपत्रमा  भिजन कन्ट्रक्सन प्रालिले रु ५२ लाखको लागतमा उक्त बाँध निर्माण गरेको हो ।

सम्झौतामा उल्लेख गरेकोभन्दा बाँधमा सिमेन्ट अत्यन्त कम मात्र हालिएकाले गुणस्तरहिन भएको पाइएको उनले बताए । गाउँपालिकाका प्रमुख बिदुर हुमागाईं, पाँच नम्बर वडाध्यक्ष जीतबहादुर घिमिरे र टोल विकास संस्थाका प्रतिनिधि र पत्रकारसमेतले निर्माण गरिएको ड्याम निरीक्षण गरी सो आपत्ति जनाएका हुन् । वडा नम्बर ५ का अध्यक्ष घिमिरेले निर्माण गरिएको बाँध मापदण्ड विपरीत रहेकोले ठेकदारलाई पुनः बनाउन लगाउने र कारवाही गरिने जानकारी दिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै