• २०८१ बैशाख १४ शुक्रबार

गुडिरहेको मोटरसाइकलबाट खस्दा युवतीको मृत्यु

kharibot

काठमाडौँ । गुडिरहेको मोटरसाइकलबाट खस्दा एक युवतीको मृत्यु भएको छ । टोखा नगरपालिका–९ नयाँ बसपार्क नजीक आइतबार बा५३प ९६५४ नंको मोटरसाइकलमा सवार १९ वर्षीय रानी श्रेष्ठको मृत्यु भएको हो । 

महानगरीय प्रहरी प्रभाग गोँगबुका प्रमुख, प्रहरी निरीक्षक सन्तोषसिंह दाहालले मोटरसाइकलको पछाडि बसेकी श्रेष्ठ म्याग्दी चोक नजीक खसेर बेहोस भएपछि उपचारका क्रममा विनायक अस्पताल गोँगबुमा लैजाँदा मृत्यु भएको जानकारी दिए ।

मोटरसाइकलका चालकलाई भने नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रभागले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै