• २०८१ जेठ ६ आइतबार

भ्रमण बर्ष २०२० लक्षित गर्दै बर्दियामा १० करोडको रिसोर्ट बन्ने  

kharibot

बर्दिया(ठाकुरद्घारा) ।  नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गर्दै बर्दियाको पत्थरबोजिमा रिसोर्ट निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

भ्रमण बर्षलाई लक्षित गर्दै बर्दियाको मधुवन नगरपालिका बडा नं १ को सुर्यपटुवा स्थित पत्थरबोजिमा करिव २ विघा बिघा जग्गा भन्दा बढिमा रिसोर्ट संचालनमा आउन लागेको हो । 

बर्दिया राष्ट्रिय निकुञ्ज र खाता कोरिडोरबाट नजिक पर्ने स्थानमा निर्माण कार्य तिव्रगतिमा भईरहको छ । भ्रमण बर्षलाई लक्षित गरेर नै यस क्षेत्रमा होटल र रिसोर्टहरु निर्माण कार्यहरु यस क्षेत्रमा भईरहेका छन ।

बर्दिया निकुञ्ज र आसपासका दर्जन बढि पर्यटकिय गन्तव्यले पर्यटक लोभ्याईरहेका हुन्छन । पाटे बाघ अवलोकनका लागि यस निकुञ्जलाई देशमा मात्र होइन की विश्वमा नै प्रसिद्घ मानिन्छ । यस क्षेत्रमा थारु बाहुल्य रहेकाले यस संरक्षित क्षेत्र भन्दा बाहिर थारु संस्कृतिको सम्पुर्ण झल्को समेत देख्न पाइने गरिन्छ ।

निकुञ्ज र आसपासका क्षेत्रमा पाटे बाघ संगै एक सिंगे गैंडा र हाक्तिहरु दैनिक जसो देखिन थाले पछि आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा बर्दिया पर्ने गरेको छ ।

नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गर्दै रिसोर्ट संचालनमा ल्याउन लागिएको युटोपियन अप्लन्स(नेपाल) प्रा.लि. द्वारा निर्माण हुदै गरेको गेरुवा रिभरसाइड रिसोर्टका म्यानेजर कुमार खड्काले बताए । हाल करिव १० करोडको लागतमा निर्माणधिन यस रिसोर्ट सन २०२० को जनवरी देखि संचालनमा आउने समेत खड्काले जानकारी दिए । रिसोर्टमा २४ वटा सुविधा सम्पन्न कोठाहरु रहने र रिसोर्ट संचालनमा आए पछि प्रतक्ष्य ३५ जना भन्दा बढिले रोजगार पाउने समेत खड्काले बताए । 

निर्माणाधिन होटलमा स्थानीय परिकारहरु साथै थारु खानाका परिकारहरुका साथ टेन्ट क्याम्प्प, र्याफ्टिङहरुको समेत सुविधा रहने उनले बताए ।

पाटे बाघ र हाक्तिको हव रहेको बर्दिया राष्ट्रिय निकुञ्जमा आगन्तुकहरुको संख्या बढे संगै यस क्षेत्रमा होटलहरु निर्मायकार्यहरु हुने क्रम तिव्र रहेको छ ।  

गेरुवा रिभरसाइट रिसोर्ट बर्दिया राष्ट्रिय निकुञ्ज र खाता कोरिडोर पनि नजिकै पर्ने भएकोले लोकेसनको दृष्टिले रिसोर्टमा आगन्तुकहरु च्वाइस रहने पनि रिसोर्टका खड्काले बताए ।

गत आर्थिक बर्षमा २५ हजार भन्दा बढि पर्यटकले यस निकुञ्ज क्षेत्रको भ्रमण गरेका थिए यो संख्या आर्थिक बर्ष ०७४-०७५ भन्दाको संख्यामा बढि हो । साथै यस आर्थिक बर्षमा नेपाल भ्रमण बर्ष २०२० पनि रहेकोले पर्यटकहरुको संख्या बढ्ने होटल व्यावसायी किरण पोखरेलले बताइन । चितवनको विकत्प बर्दिया हुदै गईरहेको छ तर चितवनका जस्ता कङ्क्रिट भवनहरुको निर्माण भए यस क्षेत्रको महत्व पनि कम हुने भएकाले अबका दिनमा होटल तथा रिसोर्ट निर्माण हुदा स्थानीय मौलिकता झल्किने किसिमको हुनु पर्ने किसिकको बनाउनु पर्ने समेत व्यावसायी पोखरेलले बताए ।

बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा ८७ वटा वयस्क पाटे बाघ रहेको छ र बाघ हेर्न आउने ९० प्रतिशतले बाघ देख्ने गरेकोले यस क्षेत्रमा बाघ हेर्न आउने पर्यटकहरु निरास भएर फर्किन नपर्ने होटल व्यावसायी पोखरेलले भनिन ।

सन २००८ मा २२ वटा मात्र रहेका एक सिंङ्गे गैंडा हाल पछिल्लो गडना अनुसार ३७ वटा गैंडा रहेको छ ।

बर्दियामा पाटे बाघ, गैंडा र हाक्तिहरु दैनिक जसो देखिने क्रम भए पछि देशि–विदेशी पर्यटकहरुको पहिलो गन्तव्य चितवनलाई छोडेर बर्दिया हुदै आएको छ ।

दैनिक जसो विदेशी पर्यटकहरुको आगमन संगै होटल र रिसोर्टहरु पनि धमाधम निर्माण भइरहेका छन । दुई दर्जन भन्दा बढि होटल र रिसोर्टहरु संचालनमा रहेको यस क्षेत्रमा अझै पनि अरोवौको लगानीमा होटलहरु बन्ने प्रकृयामा रहेका छन ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै