• २०८१ बैशाख १९ बुधबार

हाशिम अमलाद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

kharibot

काठमाडौँ । दक्षिण अफ्रिकाका ब्याट्सम्यान हाशिम अमलाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।

विहिबार अमलाले तिनै फर्म्याटका क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् । तर अमलाले फ़्रेन्चाइजी टी-२० भने खेल्ने बताएका छन् ।

आफ्नो १५ बर्षे अन्तर्राष्ट्रिय क्रिकेट क्यारियरमा अमलाले १८ हजार भन्दा बढी रन बनाएका छन् । एकदिवसीय क्रिकेटमा सबै भन्दा छिटो २ हजार, ३ हजार, ४ हजार, ५ हजार, ६ हजार र ७ हजार रङ बनाउने रेकर्ड अमलाको नाममा रहेको छ ।

टेस्ट क्रिकेटमा अमलाले १२४ खेलमा २१५ इनिंगमा २८ शतक र ४१ अर्धशतकसहित ९२८२ रन बनाएका छन् । त्यस्तै १८१ एकदिवसीय क्रिकेटमा २७ शतक र ३९ अर्धशतकसहित ८११३ रन बनाएका छन् । त्यस्तै ४४ टी-२० खेलमा ८ अर्धशतकसहित १२७७ रन बनाएका छन् ।

अमला दक्षिण अफ्रीकाका स्पेसलिष्ट ब्याट्सम्यानको रुपमा आफ्नो क्रिकेट खेल्दै क्यारियरको अन्त्य गरेका छन् । उनको नाममा टेस्ट क्रिकेटमा दक्षिण अफ्रिकाबाट एक मात्र तेहोरो शतक लागाउने रेकर्ड समेत रहेको छ ।

सन् २००४ मा भारतविरुद्धको टेस्ट खेलबाट अन्तर्राष्ट्रिय क्रिकेटको सुरुवात गरेका ३६ बर्षिय अमलाले सन् २००८ मा मात्र एकदिवसीय डेभ्यु गरेका थिए ।
                           
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै