काठमाडौँ । बार्सिलोनाका लियोनेल मेसीले गत सिजनको च्याम्पियन्स लिगको गोल अफ द सिजनको अवार्ड जितेका छन् ।
मेसीले च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लिगमा लिभरपुलविरुद्ध हानेको फ्रि-किक गोल गत सिजनको च्याम्पियन्स लिगको गोल अफ द सिजन भएको छ ।
विश्वभरका फ्यानहरुको भोटको आधारमा मेसीको सो गोल गत सिजनको गोल अफ द सिजन बनेको हो ।
बार्सिलोनाको घरेलु मैदान क्याम नाउमा भएको सो खेल बार्सिलोनाले ३-० ले जिते पनि दोस्रो लिगमा लिभरपुलले ४-० ले बार्सिलोनालाई पराजित गर्दै फाइनलमा पुगेको थियो ।
मेसी यस बर्षको बेलुन डो अरका लागि समेत मनोनयनमा परेका छन् ।
भिडियो :