• २०८१ जेठ १ मंगलबार

एनआईसी बैंकको ‘स्विफ्ट हयाक’ प्रकरणमा बैंककै कर्मचारीको युजर नेम र पासवर्ड प्रयोग

kharibot

काठमाडौँ ।  एनआईसी एसिया बैंकको ‘स्विफ्ट हयाक’ प्रकरणमा सोही बैंकका ३ जना कर्मचारीको युजर नेम र पासवर्ड प्रयोग भएको भेटिएको छ । 

स्विफ्ट भनेको अन्तराष्ट्रिय कारोबार गर्न बैंकहरूले अपनाउने एक सफ्टवेयर हो । राष्ट्र बैंक र एनआइसी एशिया बैंकले गरेको प्रारम्भिक अनुसन्धानमा यस्तो भेटिएको हो । बैंकका कर्मचारीले नै प्रयोग गर्ने युजर नेम र पासवर्ड प्रयोग गरेर एनआईसी एसियाको विदेशी बैंकमा रहेका खाता स्वीफ्ट मार्फत ह्याक गरी रकम अन्य बैंकहरुमा स्थानान्तरण गरेको भेटिएको हो ।  

राष्ट्र बैंक स्रोतका अनुसार एनआइसी एसिया बैंकको विदेशी बैंकमा रहेका खाताबाट करिब १० करोड रुपैयाँ अर्का बैंक खातामा सारिसकिएको थियो । स्विफ्ट मार्फत आफ्नो खाताको रकम चोरी भएको तत्काल थाहा पाएकोले धेरै रकम चोरी हुनबाट बचेको बैंकले जनाएको छ । 

राष्ट्र बैंकले  रकम स्थानान्तरण भएको आशंका भएका मुलुकमा कारोबार रोक्न पत्राचार गरेपछि चोरी भएको रकममध्ये केही फिर्ता भइसकेको र केही फिर्ताको प्रक्रियामा रहेको बताइएको छ । 

युजर नेम र पासवर्ड सुनियोजित रुपमा प्रयोग भए नभएको बारे अनुसन्धान भईरहेको राष्ट्र बैंकको भनाई छ । रकम बाहिरीएको सुचना प्राप्त भएपछि अनुसन्धानका लागि सूचना प्राविधिकसहितको एक टोली बैंकक पठाएको केन्द्रिय बैंकले एनआईसी बैंकको काठमाडौं कार्यालयमा समेत अनुसन्धान सुरु गरेको छ । 

त्यस्तै एनआइसी एसिया बैंकको स्विफ्ट कारोबार ह्याक भएपछि राष्ट्र बैंकले सबै बैंकका सुचना प्रविधि विभागका प्रमुखहरुलाई बोलाएर सुरक्षित कारोबार कसरी गराउन सकिन्छ भनेर राय माग गरेको छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै