• २०८१ बैशाख १६ आइतबार

धर्मशाला उद्घाटनको बिरोधमा स्थानीय

kharibot

बारा । बाराको परवानिपुर गाउँपालिका , ५ मा निर्माण गरिएको धर्मशालाको उद्घाटन कार्यक्रममा झड्प भएको छ । 

गाँउपालिकाको बजेटबाट निर्माण गरिएको धर्मशालामा रकम हिनामिना भएको भन्दै स्थानीयले उद्घाटन गर्न नदिने भन्दै बिरोध गरे पछि बिवाद सिर्जना भएको थियो । गाँउपालिकाले धर्मशाला निर्माणको लागि ६२ लाख रकम छुट्याए पनि अहिले सम्म बिनियोजित बजेट मध्ये ३० लाखको पनि काम नभएको स्थानीयको भनाई छ । 

शनिवार बिहान उद्घाटन कार्यक्रममा बिवादमा सिर्जना भए पछि झड्प हुँदा वडा अध्यक्ष रामेश्वर कलवार, हरिशरण साह, बिवेक गुप्ता र रुपेश गुप्तालाई प्रहरीले पक्राउ गरेको हो ।

धर्मशालाको उद्घाटन प्रदेश नम्बर २ का भौत्तिक पुर्वाधारमन्त्री जितेन्द्र सोनलले उद्घाटन गर्ने  गाउँपालिकाका अध्यक्ष हरिनारायण साहले तय गरेका थिए र त्यस निर्णयको सोहि गाउँपालिकाका वडा नम्बर ५ का अध्यक्ष रामेश्वर कलवारले नैं बिरोध गर्दै आईरहेका थिए । 

काम सम्पन्न नभएको, अनियमितता भएकोले धर्मशालाको उद्घाटन गर्न नदिने वडा अध्यक्ष कलवारले बताएका छन् । मन्त्री सोनल, पालिका अध्यक्ष साह र वडा अध्यक्ष कलवार एउटै पार्टी राजपाबाट निर्वाचित जन प्रतिनिधि हुन् ।

धर्मशालाको उद्घाटन शनिवार बिहान ८ बजेका लागि तय भएको थियो, तर स्थिति तनाव ग्रस्त भए पछि प्रहरी परिचालन गरेर साँझ ३ बजे उद्घाटन गर्ने तय भएको प्रहरीले बताएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै