• २०८१ बैशाख १५ शनिबार

फोहरी उपमहानगर : बढ्यो फोहर, धुलो र दुर्गन्ध

kharibot

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालीकाका ठुला बजारमा हुँने व्यापार फोहर दुर्गन्ध र धुलोले बजार बढि प्रदुषित हुँदा सबै पक्षका व्यापारमा असर परेको छ । नगरले फोहोर नियमित सरसफाई नगर्दा बजार दुर्गन्धित बने पछि जीतपुर, सिमरा, पथलैया लगायतका बजारमा व्यापार घटेको हो ।

होटल, लज, रेष्टुरा, कर्पोरेट अपिस, बैंक, निजी सरकारी कार्यालय र सबै प्रकारका व्यावसाय धुलो, दुर्गन्ध, धुलोले बिगत तीन महिना देखी पभावित बन्दा दैनिक हुने व्यापार आधा घटेको नगर उद्योग वाणिज्य संघले जनाएको छ ।

होटल, खाजा पसल सबैभन्दा बढि घाटामा सञ्चालन भैरहेका छन्, भने अन्य व्यवसायमा समेत कमी हुन थालेको र ग्रामिण ग्राहकहरु सोझै हेटौंडा जान थालेका छन् ।

जीतपुर, सिमरा र पथलैयामा दैनिक करोडौंको व्यापार हुँने गरेको जिल्ला कै राम्रा बजार मध्ये पर्ने गरे पनि दुर्गन्ध र फोहरका कारण व्यापार घट्दो अवस्था बनेको व्यवसायीहरु बताउछन् ।

उपमहानगरका ठुला बजार मात्र नभई जनजिवन समेत नराम्ररी प्रभावित बनेको छ । दुर्गन्ध फैलिन थाले पछि रुघा, खोकी र नगरमा ९४ जना नयाँ क्षयरोगी फेला परेको जिल्ला जनस्वास्थ्य कुष्ट रोग शाखाले जनाएको छ । भने रुघा खोकी, स्वाँस प्रस्वाँसका विरामी दैनिक बढेको नगरमा सञ्चालीत निजी तथा सरकारी स्वास्थ्य संस्थामा संलग्न चिकित्सकहरुले बताएका छन् ।

सिमरा बिमानस्थलका यात्रु, विद्यालयका विद्यार्थी र पर्सा राष्ट्रिय निकुञ्जमा आउने पर्यटकहरु समेत दुर्गन्धका कारण प्रभावित बनेका छन् ।

दुर्गन्ध, फोहर र धुलो तीन महिनादेखी नियमित सफा हुन छाडेकोले नगरबासी, व्यापारी, व्यवसायीले नगरको फोहर कर नतिर्ने सकेसम्म आफै सफा गर्ने बताएका छन् ।

 

नगरले दुई तीन वर्षलाई ठेक्केदारसँग मिलेर फोहर संकलन कर सुरु गरे पछि महिना सातामा एक पटक फोहर लिन आउने र बजारहरु दुर्गन्धित हुँदा व्यापार घटेको मात्रै नभई नगरबासीको स्वास्थ्यमा समेत गम्भिर असर समेत देखिन थालेको हो ।

नगरपालिकाले फोहर संकलन गर्ने तीन जनालाई जिम्मा दिएको र उनिहरुलाई नगरले दुई वटा टेक्टर, दुई वटा टिप्पर, त्यसका चार जना चालक, ईन्धन र भत्ता नगरले उपलव्ध गराउने गरेको छ ।

नगर कै ठुलो जीतपुर खाद्यान्न बजारमा मासिक एक लाख ६१ हजार र सिमरा पथलैयामा दुई लाख एक हजारमा कर उठाउन उनिहरुलाई नगरले स्विकृत दिएको छ । जसमा होटलले मासिक दुई सय पसलले एक सय र निजी घरले ५० तिर्नु पर्ने छ ।

मैंले पटक पटक मेयर, कार्यकारी, ठेक्केदारलाई जनताको गुनासो व्यापक आएको छ, ठुलो मात्रामा व्यापार घाटा र नगरबासी रोगी हुन थालेको छ, गम्भिर रोगी बढ्दै छ भन्दा पनि बेवास्था गरे पछि आफुले अनुरोध गर्नै छाडेको वडा नं.१ का वडा अध्यक्ष हिरा बहादुर गुरुङ्गले बताए । 

फोहोर व्यवस्थापनका लागि प्रयास नै नथालिएपछि यति बेला सडक बिभागले भत्काएको संरचनामा नगरले चाँसो नराख्दा जीतपुर बजार फोहरले अस्त व्यस्त बनेको छ । 

जीतपुरसिमरा मेघा सिटीको प्रारभ्भिक अध्ययन थालिएको जीतपुरसिमरामा दुर्गन्धको रासले सहर बजारको सौन्दर्य घटेको र व्यापारमा असर परेको छ । अर्को तिर बैंक बित्तिय संस्थाको किस्ता ब्याज सटर भाडा तिर्न समेत मुस्कील बन्दै गएको छ ।

फोहर र दुर्गन्ध कै कारण आफ्नों दैनिकी व्यापारमा ह्रास आएको एक महिला व्यवसायी बताउ छिन् । 

नगर क्षेत्रबाट दैनिक १.१ टन फोहोर संकलित हुने उक्त फोहर संकलन गर्न तीन जना करारमा कर्मचारी राखेको र उनिहरुले २० देखी २५ जनालाई हायरमा राखेको र उनिहरुलाई २ टयाक्टर , २ टिपर, चार चालक सहिँत फोहोर संकलन, बिसर्जन र सरसफाईमा नगरपालिकाले वार्षिक एक करोड रुपैयाँ खर्चिने गरेको तथ्यांकमा उल्लेख छ ।

बिरगंज—पथलैया औद्योगिक करिडोर भित्रका यी बजारहरुमा देशभरबाट आउने औद्योगिक पाहुना, भारतीय पर्यटकहरु सिमरा बस्ने गरेका छन् । 

नगरपालिकाका कार्यकारी प्रमुख शिवराज सेडाईले अब परम्परागत शैलीबाट फोहर नउठाइने र हामी चाँढै फोहर संकलन, बिर्सजन गर्न नयाँ बिधिको खोजमा जुटेको बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय